ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरहरा निर्माणमा ठेकेदारको मनोमानी, स्थानीय जनता आक्रोशित (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १२ भदौ ।स्थानीय बासिन्दा, सरकार र पुननिर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनबीच अझै पनि ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय सम्पदा धरहरा पुननिर्माणको विषयमा विवाद भईरहेको छ । धरहराको मौलिक एवम् साँस्कृतिक सभ्यता मासेर आधुनिक झिल्के टावरको निर्माण गरिरहेको भन्दै स्थानीयबासीहरुले आरोप लगाएका छन् छन् । स्थानीय जनताले ठेकेदार कम्पनीले धरहराको नाममा मनमौजी गरिरहेको पनि आरोप लगाएका छन् ।

२०७२ को भुकम्पले तहसनहस बनाएको ऐतिहासिक, साँस्कृतिक एवम् पर्यटकीय सम्पदा धरहरा ४ वर्ष पुरा भईसक्दा पनि पुननिर्माण हुन सकेको छैन । धरहराको पुननिर्माणको जिम्मेवारी पाएको रमन कन्स्ट्रक्सनले पाएको थियो । तर, ठेकेदार कम्पनीको मनोमानीका कारण न त ऐतिहासिक सम्पदा समयमा पुरा हुने देखिएको छ, नत, धरहराको सांस्कृतिक सम्पदासंग जोडिएका स्थानीय जनताको माग पुरा हुनेभएको छ । धरहरामा जे भैरहेको छ, कमिशन खुवाउंदै निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको मनलाग्दी मात्रै छ । परिणाम, धरहरा पुनर्निर्माणको काम अलपत्र जस्तै बनेको आमगुनासो छ ।

वि.सं.१८८२ मा तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले बनाएको ११ तलाको धरहरा वि.सं. १९९० सालको भुकम्पले भत्काएको थियो । राणाकालमा भत्किएको सो धरहराको मौलिक स्वरुपसहितमा जुद्ध शम्शेरले २ वर्षमै ९ तलाको धरहराको पुननिर्माण गरेका थिए । तर, अहिलेको वैज्ञानिक युगमा भने समयमै धरहराको पुननिर्माण हुन नसक्नु लज्जाको विषय हो । धरहरालाई हामी धरहरा भन्न नै रुचाउँदैनौं, धरहराको काम पुननिर्माण भएको छैन । धरहराको नाममा आधुनिक टावर बनाउने काम भईरहेको छ । जुन प्राचिन स्मारक संरक्षण ऐन विपरीत् पनि छ । जनतासंग समन्वय नगरी बनाईंदै गरेको टावरसंग स्थानीय जनता असन्तुष्ट छन् ।

काठमाडौं महानगरपालिका वडा नं.२२ मा अवस्थित धरहरा परिसरमा विशेषगरी, नेवार समुदायको धार्मिक, साँस्कृतिक पक्षहरुको पनि घनिष्ट सम्बन्ध रहेको छ । यही परिसरको बाटो भएर नेवार समुदायको मर्दा–पर्दा र विभिन्न समयमा झाँकी प्रदर्शन लगायत जात्राहरु हुने गर्दछ । राष्ट्रिय विभूति भिमसेन थापाले यी सबै विशेषतालाई महत्वका साथ धरहरा निर्माण गरेका थिए । तर यो झिल्के टावरले ऐतिहासिक महत्व पनि मास्दै छ, स्थानीयहरुको गुनासो छ । ठेकेदारले धरहरा आसपासको सबै क्षेत्र कब्जा गरेको छ । त्यतिमात्र होइन, टुंडिखेल पनि ठेकेदारले कब्जा गरेको छ । पर्यटकहरुले पनि देशको विशेषता, मौलिकता र पृथकता बुझ्न आउँछन्, तर टावरै टावर बनेपछि ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरुको मौलिकता मासिनेमा स्थानीय चिन्तित छन् ।

धरहरा पुननिर्माणका व्यवस्थापक तथा रमन कन्स्ट्रक्सनका ईन्जिनियर श्याम चन्द्र श्रेष्ठ भने धरहराको प्राचिन मौलिकतालाई संरक्षण गर्दै स्थानीयहरुको हकहितकै लागि धरहरा पुननिर्माणको काम तीव्र रुपमा अगाडि बढीरहेको दाबी गर्छन् । ४२ दशमलव ५ रोपनीको क्षेत्रफलमा ३ सयभन्दा बढी कार ७ वटा मोटरसाईकल अट्ने पार्किङसहितको बाहिरबाट ११ तला देखिने भित्र २२ तलाको धरहरा ७९ दशमलव २ मिटरको उचाईमा भैरहेको निर्माण अबको डेढ दुई वर्षभित्र धरहराको पुननिर्माणको काम सम्पन्न हुने श्रेष्ठले दाबी गरे ।

काठमाडौं महानगरपालिका वडा नं.२२ का वडाअध्यक्ष चिनीकाजी महर्जनले भने धरहरा पुननिर्माणमा स्थानीयहरुको साथ, सहयोग प्राप्त भईरहेको दाबी गर्छन् । धरहराको प्राचिन मौलिकता संरक्षण हुने गरि नै समयसिमाभित्रै धरहरा पुननिर्माणका लागि हामी लागिरहेको महर्जन बताउँछन् ।

स्थानीयहरुको अवरोधका कारण धरहरा पुननिर्माणमा ढिलाई भईरहेको भन्ने कुरामा वडासदस्य चन्द्रमान तुलाधार असहमत छन् । हामीले धरहरा पुननिर्माणको लागि सघाईरहेका छौं । विशेषगरी धरहरा परिसरमा बाटोको समस्या छ । यसको पुननिर्माण काम छिटोभन्दा छिटो हुनुपर्छ । यो झिल्के टावर नभै दोस्रो धरहरा नै बन्दै गरेको वडासदस्य तुलाधर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com