ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा अधिकांश मासु पसल मापदण्ड विपरीत


एबीसी न्यूज
भाद्र १२, २०७६ बिहीबार  १ : ३४ बजे

बुटवल, १२ भदौ ।  बुटवलका मासु तथा अन्य पसलहरुमा जिल्ला स्थित अनुगमन समितिले बुधबार अनुगमन गरेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय बुटवल तथा जिल्ला भेटनरी कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्ड विपरित पसल सञ्चालन भएको पाइएको छ । बुटवलको नेपालगञ्ज रोड र भुड्कीचौकमा रहेका मासू पसलले मापदण्ड विपरित खुल्ला रुपमा अस्वस्थकर रुपमा मासु विक्रि गर्ने गरेको भेटिएको अनुगमन समितिले जनाएको छ ।

खुल्ला र नालीको माथि पट्टी मासू र माछा काटेर विक्रि गर्ने गरेकाले सुधार गर्न निर्देशन दिइएको उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख रुद्र प्रसाद ज्ञवालीले बताए । उनले मासु जस्तो संवेदनशिल व्यवसायमा लापरवाही बढि देखिएको बताए । बुटवल सुख्खानगर जाने बाटोको खुल्ला रुपमा नालीको माथिपट्टी माखा भन्काएर मासू र माछाको व्यापार गर्ने गरेको पाइएको उनले बताए । अधिकांश मासू पसलले खरिद र विक्रि गरेको विल समेत काटेका छैनन ।

अनुगमन समितिले बुटवलका मुख्य बजार क्षेत्रका व्यापारिक पसलहरुको समेत अनुगमन गरेको छ । मासू पसलसँगै ग्याँसपसल, कपडा, इलेक्ट्रोनिक पसलहरुमा समेत अनुगमन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com