ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा स्मार्ट ट्रेन परीक्षण


admin

काठमाण्डौं, १३ असोज । चीनले भर्चुअल ट्रयाक बाट चल्ने स्मार्ट ट्रेनको परिक्षण यसै साता चीनको हुनान प्रान्तस्थित झुझोउ सहरमा गरेको छ । अटोनोमस रेल र्यापिङ ट्रान्जीट (एआरटी) नाम दिइएको रेललाई सिआरआरसी कर्पोरेसन लिमीटेडले बनाएको हो । विश्वकै ठुलो रेल निर्मातामध्ये एक सिआरआरसीले विश्वकै पहिलो स्मार्ट रेल निर्माणको पनि श्रेय पाएको छ ।

कम्पनीले रेलको डिजाइन सन् २०१३ मा सुरु गरेको थियो । करिब ३०० यात्रु क्षमताको रेल ७० किलोमिटर प्रतिघण्टाको दरले चल्ने र १० मिनेट चार्ज पछि २५ किलोमिटर दुरी तय गर्न सक्ने बताइएको छ । यो रेल बिना लिक भर्चुअल ट्रयाक बाट चल्छ ।

बस, ट्राम र रेलको समायोजनका रुपमा लिइएको यो रेल ३.७५ फराकिलो अदृश्य ट्र्याकमा दौडिन्छ। रेल चल्ने ट्र्याकमा रेखा कोरिएको छ ।

यस्तो रेलको अर्को फाइदा के हो भने यसको रेलमार्ग बनाउन पनि निकै सस्तो छ। यस्तो रेलमार्ग निर्माण गर्न प्रतिकिलोमिटर करिब ५ करोड युआन लाग्ने बताइएको छ। तर चीनमा ट्राम चल्ने ट्र्याक बनाउन प्रतिकिलोमिटर १५ देखि २० करोड युआन खर्च हुने गर्दछ।

हाल झुझोउ सहरको सडकमा तीन ओटा स्मार्ट ट्रेनको परीक्षण चलिरहेको छ।
अर्को वर्षदेखि औपचारिक रुपमा यो रेल सञ्चालन गरिने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

सम्बन्धित

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

अफगानिस्तानले गर्‍यो पाकिस्तानमा आक्रमण, १२ सैनिक मारिएको तालिबानको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com