ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु


एबीसी न्यूज
भाद्र ११, २०७६ बुधबार  १ : ५६ बजे

धनुषा, ११ भदौ ।  बुहारीको हत्या आरोपमा महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२ किशोरीनगर घर भई बुहारी हत्या अभियोगमा झण्डै २ वर्षदेखि कारागारमा रहेका ६७ वर्षीय देवनारायण ठाकुरको बुधबार बिहान उच्च रक्तचापबाट ज्यान गएकोे हो ।

बुधबार बिहान अचानक रक्तचाप बढेपछि उनलाई उपचारका लागि जलेश्वरको शान्ति सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको निमित जेलर मकसुदन महासेठले जानकारी दिनुभयो । उनको शव परिवारजनलाई बुझाउने तयारी भइरहेको उहाँको भनाइ छ । जलेश्वर कारागारका निमित्त जेलर मकसुदन महासेठका अनुसार ठाकुर २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पूर्पक्षका लागि थुनामा रहेका थिए ।

ठाकुरलाई कान्छा छोरा आनन्दमोहन शर्माकी श्रीमती २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा धनुषा जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि जलेश्वर कारागारमा थुनुवा थिए ।

रञ्जनाको विवाहको एक वर्ष मात्रै भएको थियो । जनकपुरको कृष्णा नसिङ कलेजमा अध्ययनरत रञ्जनाको २०७४ मंसिर ८ गते राति आफ्नै घरमा हत्या भएको अवस्थामा मंसिर ९ गते बिहान प्रहरीले शव बरामद भएको थियो ।

हत्यापछि सिरहा नगरपालिका–१८ लक्ष्मीनिया बस्ने मृतक रञ्जनाकी आमा प्रभा देवी शर्माले उनका ससुरा देवनारायण ठाकुर, श्रीमान आनन्दमोहन शर्मा, जेठान अरबिन्द कुमार शर्मा र उनकी श्रीमती रिंकु शर्मा र सासू सुमित्रा शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गराउनु भएको थियो । तर ससुरा ठाकुरले घटनाको सम्पूर्ण जिम्मा आफूले मात्र लिएपछि उनको घरका अन्य सदस्यहरु कारबाहीबाट उम्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com