ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ च्याम्पियनसिप : फाइनमा पुग्न नेपाललाई चुनौती


एबीसी न्यूज
भाद्र ११, २०७६ बुधबार  १ : २९ बजे

काठमाडौं, ११ भदौ । भारतमा जारी साफ यू–१५ पन्ध्र वर्षमुनि च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।

नेपाल र बङ्गलादेशको समान ६/६ अङ्क छ तर नेपाल हेड टु हेडको आधारमा बङ्गलादेशभन्दा अगाडि छ । बङ्गलादेश अङ्क तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै भारत ९ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । श्रीलङ्का तीन अङ्कका साथ चौथो स्थानमा छ भने अङ्कविहीन रहेको भूटान अन्तिम स्थानमा छ ।

भोलि नै हुने अर्को खेलमा भारतले बङ्गलादेशको सामना गर्नेछ । नेपालले भूटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ भने यदि बङ्गलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com