ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किशोरीमै आमा बन्ने सङ्ख्या घटेन


एबीसी न्यूज
भाद्र ११, २०७६ बुधबार  १ : ०९ बजे

काठमाडौं, ११ भदौ । कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन । सबै निकायले प्रतिवेदन पनि तयार गरिएकै पाइन्छ तथापि त्यसको प्रभावकारिताले अर्थ राखेको देखिँदैन ।

सामान्यत यो अवस्थालाई कर्णाली प्रदेश अस्पतालको गत आव ०७४/०७५ र ०७५/०७६ मा दिएको सुरक्षित सुत्केरी सेवाले प्रष्ट पार्दछ । आव ०७४/०७५ मा प्रदेश अस्पतालमा सुत्केरी हुनेको सङ्ख्या तीन हजार ९९५ थियो । जसमा १८ वर्षमुनि आमा बन्ने किशोरीको सङ्ख्या ५१६ थियो । यो कूल सुत्केरी महिला सङ्ख्याको १२ प्रतिशत हो ।

त्यसैगरी, आव ०७५/०७६ मा उक्त अस्पतालमा चार हजार ४१९ महिला सुत्केरी भए । सो आवमा १८ वर्षमुनि आमा बन्ने किशोरीको सङ्ख्या ५१७ थियो । गत आवमा प्रदेश अस्पतालमा सुत्केरी हुने कूल महिलाको सङ्ख्याको ११.६८ प्रतिशत किशोरी रहेको सूचना अधिकारी विनोद बस्नेतले राससलाई जानकारी दिनुभयो । “किशोरी अवस्थामा आमा बन्नेको तथ्याङ्क यो प्रदेश अस्पतालको मात्र हो”, सूचना अधिकारी बस्नेतले भन्नुभयो, “प्रदेश अस्पतालबाहेक सुर्खेतका अन्य स्वास्थ्यचौकीको तथ्याङ्कलाई मिलाउँदा किशोरी आमाको सङ्ख्या अझ बढी हुन आउँछ ।” उहाँका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी पहुँच नभएका किशोरी आमाको सङ्ख्या पनि त्यतिकै छ ।

उहाँका अनुसार आव ०७४/०७५ मा मृत्यु हुने नवजात शिशुको सङ्ख्या २४ हुँदा आव ०७५/०७६ मा बढेर २८ पुगेको छ । सुरक्षित गर्भपतन परारको सालमा ३६० र गत वर्ष ३५६ रहेको सूचना अधिकारी बस्नेतको भनाइ छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि किशोरी अवस्थामा सुत्केरी हुनेको सङ्ख्या पनि कमि छैन । प्रतिष्ठानको आव ०७४/०७५ मा यहाँ कूल सुत्केरी ६७४ सुत्केरी महिलामा १७९ किशोरी रहेको शिक्षण अस्पतालका निर्देशक धर्मराज गोसाईंले राससलाई जानकारी दिनुभयो । निर्देशक गोसाईंका अनुसार आव ०७५/०७६ मा कूल ६७८ मा १४६ किशोरी आमा बनेकी छन् ।

किशोरी अवस्थामै आमा बन्ने प्रधान कारण बालविवाह रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले जानकारी दिनुभयो । मेडिकल सुपरिटेन्डेन्ट डा खड्काले भन्नुभयो, “यो अवस्थामा आमा बन्ने महिलामा शारीरिक अपरिपक्वता र मानसिक तथा सामाजिक रुपले विक्षिप्त नै हुन्छन् । जसबाट महिलाले ठूलो समस्या भोग्नुपरेको छ ।”

आफैँ रुग्ण व्यक्तिले मुलुकलाई के दिन सक्ने क्षमता राख्छ र रु बरु राज्यले सो समस्या समाधान गर्न ठूलो स्रोत र जनशक्तिको लगानी गर्नुपर्दछ ।” बहुआयमिक प्रभावका रुपमा देखिँदै आएको बालविवाहले मुलुकको दिगो विकासमा असर पार्ने उहाँको तर्क थियो ।

तर बालविवाह सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्कीय अभिलेख पाइँदैन । सरकार मातहतका संयन्त्रसँग तथ्याङ्क माग्दा पाउन सकिँदैन भने गैरसरकारी क्षेत्रले ल्याउने तथ्याङ्कमा यथार्थता भेटिँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com