काठमाडौं, ११ भदौ । सरकारले पर्यटन क्षेत्रको विकास गर्न महत्वकांक्षाी कार्य योजना अघि सारेको छ । पर्यटनको धेरै गन्तव्यहरु छन्, मुलुक भर । मुख्य गरि धार्मिक गन्तव्य पशुपति, लुम्बिनी, जनकवपुर क्षेत्रमा पर्यटक भित्राउन कार्ययोजना अघि सारिएको हो । हवाई सेवादेखि अन्य क्षेत्रको आमूल सुधारका लागि १ वर्षे कार्ययोजना सारिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० आउन केही महिनामात्र बाकी छ । भ्रमण वर्षलाई अर्थपूर्ण बनाउन सरकारले पर्यटन क्षेत्रको सुधारदेखि हवाइ तथा संस्कृतिक सम्पदाको प्रर्वद्धनमा सुधार ल्याउन कार्ययोजना ल्याएको हो । आन्तरिक सुधारदेखि हवाई क्षेत्रका समस्या सल्टाउने सरकारी योजना छ ।
सोही योजना अनुसार अन्तराष्ट्रिय क्षेत्रमा हवाई सेवाको थप सुधार गरिने भएको छ । यूरोपमा नेपाली उडान रोकिएको छ । तर सरकारल आगामी ६ महिना भित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउने संकल्प गरेको छ ।
नेपालको पर्यटन क्षेत्रको लागि निजि क्षेत्रले भूमिका अनिवार्य छ र हुनुपर्छ । तर राज्यले अझै पनि पर्यटन क्षेत्रमा लागेका व्यवसायीसंग भरपुर रुपमा सहकार्य गर्न सकिरहेको छैन । जसको कराण पर्यटन बिकासका लागि निजी क्षेत्र र सरकार साथ साथ अगाडि बढ्न आवश्यक देखिन्छ । टानका अध्यक्ष नवराज दाहालले पर्यटन पुर्वधारको लागि योजना बनाएर निजि क्षेत्रलाई जिम्मा दिनु पर्ने बताउछन ।
यता पर्यटन बिज्ञ प्रचण्डमान श्रेष्ठले बिदेशमा कुनै पनि उदेश्यले नेपाल आउने पर्यटकले नेपाल आउदा पाउने बिशेष सुबिधा र सेवालाई प्रचारमा ल्याउनु आवश्यक रहेको बताउछन ।
नेपालका पर्यटनको क्षेत्रमा लगानीको लागि बैदेशिक लगानीकर्ता उत्हाहित रहेको नेपालले गरेको लगानी सम्मेलनमा समेत देखिएको छ । नेपाल लगानीको लागि भर्जिन ल्याण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा बिदेशी लगानीकर्ता आउनका लागि उत्साहित छन । त्यसैले मन्त्री भट्टराईने २०२० को मार्चमा टुरिजम इन्भेस्टमेन्ट समिट गर्ने योजना आफनो कार्ययोजनामा ल्याएका छन ।
सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालको नाराका लाइ साथ दिने प्रमुख आधारको रुपमा पर्यटन क्षेत्रलाई लिने गरिन्छ । पर्यटन क्षेत्रमा केही गर्नु पर्छ भनेर योजना साथ अगाडी बढेका युवा मन्त्री भट्टराईले ल्याएका योजना समयमै पुरा मात्र गरेमात्र पर्यटन क्षेत्र छोटो समयमै परिर्वतनका रंगहरु देखा पर्ने छन ।








प्रतिक्रिया दिनुहोस्