ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को प्रभावकारिताका लागि महिला सांसदको भूमिका महत्वपूर्ण


एबीसी न्यूज

काठमाडौं, १० भदौ । संसदीय अभ्यासका विविध आयाममाथि जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रियामा शून्य, विशेष र ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी गर्ने, कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर  सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुुम्वाहाङफेले कार्यक्रमको शुभारम्भ गर्दै संविधान जारी भएपछि सङ्घीय संसद्ले १८ महीना पूरा गरेको र यस अवधिमा जनचाहना पूरा गर्न संसद् प्रभावकारी रुपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसदीय अभ्यासलाई अझ प्रभावकारी बनाउन महिला सांसदले आफ्नो भूमिका अझ बढाउनुपर्छ । तपाईहरु लाज र धक नमानी जनताका कुरा सदन र समितिका बैठकमा राख्नुहोस् ।” उपसभामुख तुम्वाहाङफेले ‘सदनमा महिला सांसदको भूमिका राम्रो भएन’ भन्नेलाई सदनका हरेक गतिविधिमा भाग लिई आफ्नो विज्ञता प्रस्तुत गर्दै जवाफ दिनुहोस् भन्नुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सदनमा महत्वपूर्ण कुरा राख्छौ तर ससाना कुराको ख्याल नराख्दा यसले सिङ्गो सदनको प्रभावकारितामा असर पु¥याइरहेको हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाको हालैको एकदिनको बैठकमा बोलिरहनुभएका सांसदको समय सकिन लाग्यो भनेर मैले पहेलो बत्ती बाले, बत्ती बल्ने वित्तिकै उहाँले आफ्नो भनाइ अन्त्य गर्नुभयो । बत्ती बलेपछि पनि एक मिनेट समय त बाँकी त थियो नी । एक मिनेटमा पनि धेरै विषयगत कुरा राख्न सकिन्थ्यो होला ।’’

संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले शून्य, विशेष, ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी राख्ने भन्ने जानकारी दिँदै छोटो समयमा बुँदागत आफ्ना भनाइ राख्न सांसदलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले जनताका लागि नयाँ संविधान बनाइ जारी गरेकाले आन्दोलन होइन, संविधान कार्यान्वयतर्फ लागौँ । संविधानको कार्यान्वयनले मात्र समृद्धि हासिल गर्न सकिन्छ ।”

सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सङ्घीय संसद्लाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि अन्तरक्रियाको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । अन्तरक्रियमा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेल र सङ्घीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com