ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुप्रति अविश्वास बढेकामा पौडेलको चिन्ता


एबीसी न्यूज

काठमाडौं, ९ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरुप्रति जनताको आस्था र विश्वास कम हुन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पूर्णकान्त पोख्रेलको १०औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका–५ को आयोजनामा आज लक्ष्मीपुरमा आयोजित शोकसभामा नेता पौडेलले बलियो सरकार भएको समयमा पनि दलहरुप्रति अविश्वास बढ्नु दुःखद भएको बताउनुभयो । “बढ्दो राजनीतिक अविश्वासलाई अन्त्य गर्न सबै दल सजग हुनु आवश्यक छ”, उहाँले भन्नुभयो । सरकारको काम कारवाहीका कारण जनतामा असन्तुष्टि देखा पर्न थालेको उहाँको आरोप थियो । वर्तमान सरकारको विकल्प काङ्ग्रेस भएको नेता पौडेलको भनाइ थियो । पोख्रेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो ।

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले अग्रजहरुको योदानको कदर गर्दै पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । “आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, किसान सङ्घका केन्द्रीय अध्यक्ष भानु सिग्देल, चितवनका पूर्वसभापतिहरु टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटा, रेशमलाल कँडेल, पोख्रेलका भाइ करुणाकान्त पोख्रेल, विष्णुु रेग्मी लगायतले स्व पोख्रेलको योगदानको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com