ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै गुनासो वा तिक्तता भए पार्टीभित्रै छलफल गर्न नेताहरुलाई नेकपाको निर्देशन


एबीसी न्यूज
भाद्र ९, २०७६ सोमबार  ६ : १४ बजे

 

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेताहरुलाई आफुखुशी बोल्न र सार्वजनिक रुपमा नेताहरुको आलोचना गर्न नपाउने निर्णय गरेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक आज बसेको सचिवालय बैठकले आफ्ना नेताहरुप्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीभित्रै छलफल गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । बैठले नेताहरुलाई आफुखुशी बोल्न र सार्वजनिक रुपमा नेताहरुको आलोचना गर्न नपाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र खस्किंदै गएको अनुशासन सुधार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

वधान अन्तर्गत ४ जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । मनोनयमा हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई, किरण राई रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यससँगै नेकपाको केन्द्रीय सदस्य संख्या ४ सय ४५ पुगेको छ । बैठकले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ । यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ । सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको छ ।

बैठकले उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै शुभकामना प्रस्ताव समेत पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन सहमति दिएपछि अर्का अध्यक्ष प्रचण्डले पहिलो पटक नेकपाको बैठक बोलाउनुभएको हो । पार्टी अध्यक्ष भएको १५ महिनापछि प्रचण्डले औपचारिक रुपमा नेकपाको बैठक बोलाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com