ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वनको जमीन वितरण गरिने छैन – मन्त्री अर्याल


एबीसी न्यूज


काठमाडौं, ८ भदौ ।   राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा उठेका जिज्ञासामा मन्त्री अर्यालले संविधान प्रदत्त मौलिक अधिकारलाई हनन हुने गरी विधेयक नआएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संविधानले व्यक्तिको सम्पत्ति संरक्षण गरेको छ । यसको प्रतिकूल हुने गरी विधेयक आएको छैन । भूमि व्यवस्थामार्फत नै समृद्धि आउनेछ ।”

भूमि नीति कार्यान्वयनमा आइसकेको सन्दर्भमा ‘देशमा कोही पनि भूमिहीन र सुकुम्बासी हुने छैनन’ भन्ने मनशायबाट विधेयक आएको स्पष्ट पार्दै मन्त्री अर्यालले १२ प्रकारका अव्यवस्थित बसोवासीलाई विधेयकले फरकफरक विधिबाट समस्या सम्बोधन गर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,“वन क्षेत्रको जमीन भूमिहीन र सुकुम्बासीलाई वितरण गरिने छैनन् । देशभर जमीनको पुनः नापी सरकारले चलाउने छ । हदबन्दीको जमीन बिक्री वितरण गर्न विधेयकले फुकुवा गरेको छ ।” यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै सांसद ठेगेन्द्रप्रकाश पुरी, रमेशप्रसाद यादव, रामनारायण विडारी, रामचन्द्र राई, रामप्रित पासवान, जीतेन्द्रनारायण देव, राधेश्याम अधिकारी, वृशेसचन्द्र लाल, बलराम बाँस्कोटा, खिमलाल भट्टराईले भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न विधेयकमा थप परिमार्जनको आवश्यकता औँल्याउनुभयो ।

उहाँहरुले दिगो लाभ लिने गरी भूमिको वर्गीकरण गर्नुपर्ने र वर्गीकरण गर्दा तुलनात्मक आर्थिक लाभका आधार हेर्न, एकीकृत कृषि प्रणालीमा जाने सरकारको नीतिलाई विधेयकले सयोग पु¥याउनुपर्ने, सुकुम्बासीका नाममा हुकुम्बासीले जमीन नपाओस् भन्नेतर्फ सरकार सचेत बन्न समेत सुझाव दिनुभयो ।

सांसदहरुले हदबन्दीको भूमि बिक्री गर्न विधेयकले छुट दिएकामा आपत्ति जनाउँदै सुकुम्बासी र भूमिहीनका समस्या देखाएर वन फँडानी हुने खतरा बढेकामा चिन्ता व्यक्त गर्दै सरकारी जमीन संरक्षणमा विशेष ध्यान दिन सुझावसमेत दिनुभएको थियो । विसं २०४६ देखि पछिल्लो समयसम्म आउँदा सुकुम्बासी तथा भूमिहीन नागरिकका समस्या सम्बोधन गर्न १५ वटा आयोग बनेका तर उल्लेखनीय सुधार आउन नसकेको भन्दै उहाँहरुले विधेयकले अब समस्या समाधान गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com