काठमाडौं, ८ भदौ । सिंगापुरमा उपचार गराई रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको बताइएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा शुरु गरिएको बताउनुभएको हो ।
प्रधानमन्त्रीको निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार यो उपचार प्रक्रिया अरु केही पटक गरिनेछ । प्रत्यारोपण गरिएको मृगौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि गरिने चिकित्सकले जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको हो ।
प्रधानमन्त्रीलाई गत बिहीबार उपचारका लागि साताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो । त्यसअघि उहाँ १० दिन सिंगापुरमा उपचारका लागि गएका जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्