काठमाडौं, ७ भदौ । भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवम् निर्वतमान अर्थमन्त्रीसमेत रहेका नेता जेटलीको एम्स अस्पतालमा निधन भएको हो।
एम्स अस्पतालका सञ्चार तथा कुटनीतिक विभाग प्रमुख आरती भिजका अनुसार १२ : 0७ मा उनको निधन भएको हो। जेटली केही दिनदेखि एम्स अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनको ६७ वर्षको उमेरमा निधन भएको हो।
प्रतिक्रिया दिनुहोस्