काठमाडौं, ७ भदौ । साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । विज्ञान र प्रविधिको विकाससगै अपराधको संसार पनि विकसित भएको छ । साइबर अपराध पनि विज्ञान र प्रविधिस“ग जोडिएको अपराध हो । हो, कम्प्युटर र इन्टरनेटबाट गरिन्छ साइबर अपराध । यस्तो अपराधअन्र्तगत पर्ने अपराध हुन् ः वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी । यस्तै साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसग सम्बन्धित आपराधिक सबै गतिविधिहरु पर्छन् ।
पछिल्लो समय इन्टरनेटको प्रयोग ह्वात्तै बढेर गएको छ । इन्टरनेटले एकातर्फ मानिसलाई जोडेको छ भने स“गै टाढा पनि बनाएको छ । पछिल्ला केही घटनाहरु हेर्ने हो भने नेपालको साइबर स्पेस खतरामा छ । देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन ।
सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्स लगायतका कम्पनीका सिष्टममा अझै आक्रमण भइरहेका छन । तर सबै घटना बाहिर नआउनु अलग पक्ष छ । कतिपय अवस्थामा नेपाल साइबर अपराधको हब बन्दै जानसक्ने सम्भाव्यतालाई पनि नकार्न सकिदैन । नेपालमा यस्ता घटनाको अनुसन्धान गर्न कठिन छ, कारण, कानुनको अपर्याप्तता । साइबर समस्याको मुल जड भने अधिकांश इन्टरनेट तथा कम्युटर प्रयोगकर्तामा साइबर थ्रेट बारे आधारभुत जानकारी नहुनु नै हो जसले साइबर सुरक्षाको चुनौती बढदै गएको हो । इन्टरनेट एक्सचेञ्ज नेपालका सिइओ रुपेश श्रेष्ठ इन्टरनेटमा हुने गतिविधिको सुरक्षाका रुपमा साइबर सेक्युरिटिलाई परिभाषित गर्छन ।
साइवर अपराधका घटनाको अनुसन्धान र कारबाही विद्युतिय कारोवार ऐन २०६३ अन्तर्गत भइरहेको छ । त्यसो त नेपालभरमा भएको साइबर क्राइम सम्वन्धी मुद्दा हेर्ने अदालत काठमाण्डौ जिल्ला अदालत मात्र हो । त्यस्तै साइबर ब्युरो गठनको प्रक्रिया अघि बढि सकेको छ । तर, संसदबाट अघि बढ्न नसक्दा कानुनी मान्यताको अभावमा सञ्चालनमा आउन सकिरहेको छैन । संसदको हिउदे अधिवेसनले पास गर्न सकेको खण्डमा सातै प्रदेशमा साइबर व्युरो खुल्ने छ । त्यसो हुदा नेपाल भर रहेका साइबर क्राइमबाट पीडितहरुले सहज उजुरी दिन सक्ने सक्ने छन् । विश्वको एक कुनामा बसेर अर्को कुनामा हुनसक्ने साइबर अपराध आफैमा जटिल छ । नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदी साइबर क्राइम विश्वव्यापी समस्याका रुपमा अघि बढेको बताउछन् ।
नेपालमा बढदो साइबर अपराधको खतराको संम्भावनालाई पुष्टि हुने किसिमका विभिन्न घटनाहरु पनि देखा परिसकेका छन् । सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेका छन् । विदेशमा बसेर नेपालमा सामाजिक सञ्जालमा गलत क्रियाकलापहरु गराउदै आएका घटनाहरु पनि प्रसस्त छन । यस्तोमा नेपाल प्रहरी प्रहरीस“ग प्रविधि अभाव छ भने राज्यस्तरबाट पहलको ।
त्यसो त, अहिले सरकारले स्मार्ट राष्ट्रिय परिचय पत्रदेखि पेपरलेस मन्त्रीपरिषद् बनाउने काम सुरु गरिसकेको छ । यसको अर्थ, नेपाल डिजिटलाइजेसनको प्रकृयामा गइरहेको छ । तर, सरकारले डिजिटलाइजेसनको सपना देख्दै गर्दा साइबर सुरक्षाको चुनौतीलाई अवमुल्यन गर्नु भयानक गल्ती हुन सक्छ । साइबर सुरक्षाकै लागि साइबर व्युरोको स्थापना तथा क्षमता अभिबृद्धिमा जोड गरिरहेको प्रबक्ता सुवेदी बताउछन् ।
साइबर सुरक्षा आजको विश्वकै संवेदनशील विषय हो, जसबाट नेपाल अछुतो रहन सक्दैन । यसका लागि सार्क, विमस्टेक जस्ता क्षेत्रीय संगठनको माध्यमबाट नेपालले अन्य देशहरु स“गको सहकार्यमा साइबर क्राइम घटाउन पहल गर्नु सबैभन्दा उत्तम विकल्प हुन्छ । विश्व ग्रामको अवधारणामा सबैभन्दा छिटो दौडिरहेको डिजिटलाइजेसन आफ्नो नियन्त्रणभन्दा बाहिर जानुभन्दा अघि नै राज्यको नियन्त्रणमा रहनु आजको आवश्यकता हो ।
फेसबुक
फेसबुकमा स्टाटस लेखेर आक्रोश पोख्नेभन्दा पनि बढी म्यासेन्जरमा अश्लील म्यासेज पठाएर धम्की दिने घटनाका मुद्धा ब्यूरोमा धेरै परेको छ ।
यस्तो घटनामा सबैभन्दा बढी महिला पीडित देखिएका छन् । पहिला सम्बन्ध हुँदा खिचिएका फोटोहरु सम्बन्ध छुटेपछि केटाले म्यासेन्जरमा राखेर फेरि सम्बन्धका लागि दबाब दिने र नमाने सार्वजनिक गर्ने घटनाहरु बढी रहेको प्रहरीको तथ्यांकमा छ ।
यस्तो घटनामा सबैभन्दा बढी १८ देखि ३० वर्ष मुनिका युवतीहरु बढी पीडित देखिएका छन् । महिलालाई यस्तो धम्की दिनेमा २० वर्ष माथिकै पुरुषहरु धेरै रहेको पनि प्रहरीको तथ्यांकमा छ ।
विशेषगरी ११ र १२ कक्षा पढ्ने विद्यार्थीहरु ज्यादा पीडित भएको तथ्यांकले देखाएको छ । १८ वर्ष मुनिका किशोरी पीडित भएको १३ वटा घटना दर्ता भएको छ ।
अश्लील फोटोमा टाउको जोडेर म्यासेन्जरमा पठाउँदै धम्की दिने, त्यस्ता फोटो राखेर फेसबुक प्रोफाइल बनाएर सामाजिक प्रतिष्ठामा नै आँच पुर्याउने जस्ता गतिविधि भएका घटना ब्यूरोमा आउने गरेको छ ।
कतिपय घटनामा चिनेका र छरछिमेककै व्यक्तिहरुबाट यस्तो हुने गरेको छ । ब्यूरोमा उजुरी परेपछि छानबिन गरेर पत्ता लगाउँदा चिनेकै परे कतिपयले माफी दिएर आइन्दा नगर्ने सर्तमा छाड्ने गरेको र कतिपयलाई भने मुद्धा चलाएरै कारबाही गर्ने गरिएको छ । त्यस्ता एकाउन्टहरु प्रहरीले बन्द गरिदिने गरेको छ ।
चालु आर्थिक वर्षमा १ सय ९६ वटा यस्ता घटनाको उजुरी परेको र ३ जना धरौटीमा रिहा भएको ब्यूरोको तथ्यांकमा छ ।
धरौटीमा रिहा भएकाहरुले पनि म्यासेन्जरमा पहिले आफूसँग सम्बन्ध भएको युवतीले अहिले छोडेर अन्तै बिहे गर्न लागेपछि आफ्ने नभए कसैको पनि हुन नदिने भन्दै उनीहरुको अश्लील फोटोहरु सार्वजनिक गरिदिएका थिए ।
१ सय ८५ भन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत भएका घटनाहरु रहेको ब्यूरोका प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । युट्युब, इन्स्टाग्राम र ट्विटर जस्ता सञ्जालमार्फत पनि यस्ता घटनाहरु भएका छन् ।
इन्स्टाग्राम पनि असुरक्षित
काठमाण्डौको गट्ठाटारका दुई दिदीबहिनी इन्स्टाग्राममा चर्चित बन्दै थिए । उनीहरुले अपलोड गर्ने फोटोमा हजारौँको लाइक्स आउथ्यो । फलोअर्स पनि उनीहरुको हजारौँ पुगेको थियो । दुवै दिदीबहिनीको इन्स्टाग्राम लोकप्रिय हुँदै जाँदा एक जनाले उनीहरुले चलाउँदै आएको इन्स्टाग्राम एकाउन्ट नै ह्याक गरिदिए ।
ह्याक गर्ने व्यक्तिले दुवै दिदीबहिनीको टाउको अश्लील तस्वीरमा जोडेर त्यही एकाउन्टमा पोस्ट गरिदिन्छन् । एकाएक आफ्नो एकाउन्ट ह्याक भएर अश्लील तस्बिर आएपछि दिदीबहिनी आत्तिँदै केन्द्रीय साइबर ब्यूरो पुग्छन् ।
ब्यूरोमा उजुरी परेपछि छानबिन थाल्छ । प्रहरीको अनुसन्धानबाट दिदीबहिनीको एकाउन्ट ह्याक गर्ने उनीहरुकै चिनजानका नजिकका व्यक्ति हुन्छन् । उनीहरुले एकाउन्ट बन्द गर्न भने पनि चिनेका व्यक्तिलाई आफैले सम्झाउने भन्दै जाहेरी दिँदैनन् ।
कतिपय घटनामा अनुसन्धानपछि चिनेजानेकै व्यक्ति हुँदा पीडितले एक पटकलाई छोडिदिँउ भन्दै उजुरी फिर्ता लिने गरेका छन् । कतिपयले भने कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने गरेका छन् ।
इमो पनि जोखिममा
भक्तपुरको सूर्यविनायककी सुफीको इमोमा राति अपरिचित नम्बरबाट म्यासेज र फोन आउँछ । २÷४ दिन उनीहरु राम्रै कुरा पनि गर्छन् । त्यसपछि भने केटाले सुफीसँग अश्लील कुराहरु गर्न खोज्छ । सुफीले पनि केटोलाई ब्लक गरिदिन्छे ।
तर केटाले सुफीको टाउको अश्लील फोटोमा जोडेर अर्कै नम्बरबाट युवतीको इमोमा फोटो पठाउँछ । आफ्नो टाउको जोडिएको अश्लील फोटो देखेपछि आत्तिएकी सुफी प्रहरीकोमा पुग्छिन् । प्रहरीले अनुसन्धान गर्दा केटो नेपालभन्दा बाहिर बसेर त्यस्तो गरेको पत्ता लगाउँछ । अहिले सुफीले इमो एकाउन्ट नै चलाउन छोडेकी छिन् ।
युट्युबरलाई कारबाही
रत्नपार्कमा घुम्न पुगेका युवतीको भिडियो खिचेर एउटा युट्युब च्यानलले अश्लील काम गर्ने युवती यिनै हुन् भन्दै उनीहरुको नम्बरसहित राख्छ । रत्नपार्कभित्रको शान्तिबाटिकामा धेरै जना घुम्न जाने गर्छन् ।
तर त्यहाँ गएकै भरमा भिडियो खिचेर युट्युबमा चरित्र हत्या गर्ने गरी राखेपछि ती युवतीहरु उजुरी लिएर साइबर ब्यूरो पुग्छन् । प्रहरीले अनुसन्धान गरेर तत्कालै युट्युब चलाउनेलाई पक्राउ गर्छ । तत्काल युट्युबबाट त्यो भिडियो हटाउँदै उनलाई प्रहरीले मुद्दा चलाउँछ ।
अहिले युट्युबले प्रहरी अनुसन्धानलाई नै चुनौती दिने गरी जथाभावी सामग्री पस्कने गरेका छन् । त्यस्ता युट्युब च्यानललाई पनि आफूहरुले निगरानीमा राखेर अनुसन्धान गरिरहेको केन्द्रीय साइबर ब्यूरोका प्रहरी उपरीक्षक रेवती ढकाल बताउनुहुन्छ ।
कस्तो कारबाही हुन्छ ?
पछिल्लो समय सामाजिक सञ्जालमा जथाभावी लेख्ने क्रम बढेको छ । कसैको मान प्रतिष्ठामाथि नै आँच पुग्ने तथा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने घटना बढेको साइबर क्राइम ब्यूरोले जनाएको छ ।
यस्तो घटनामा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ सम्बन्धी मुद्धा चलाइने र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना र छ महिनादेखि ५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । ऐनको दफा ९ ले कम्प्युटरसम्बन्धी कसुर एवं दण्ड सजायको व्यवस्थामा यस्तो कारबाहीको व्यवस्था गरेको छ ।
सामाजिक सञ्जाललाई व्यक्तिगत विचार व्यक्त गर्ने ठाउँको रुपमा लिँदा यस्ता घटनाहरु बढेको प्रहरीको विश्लेषण छ । कतिपयले आक्रोशलाई सामाजिक सञ्जालमा व्यक्त गर्ने चलन छ । तर सामाजिक सञ्जालमा कस्ता कुरा राख्ने कस्ता कुरा नराख्ने भन्ने हेक्का राख्नु पर्ने प्रहरीको सुझाव छ ।
कतिपयले आफूले गरेको भन्ने कुरा कसैले थाहा पाउँदैन भन्ने सोचेर अर्कैको नाममा आइडी बनाएर जथाभावी लेख्ने गरेको पनि भेटिएको छ । सामाजिक सञ्जाल कहिल्यै पनि गोप्य नहुने भएकाले यसको प्रयोगमा सबैले ध्यान दिनुपर्ने केन्द्रीय साइबर ब्यूरोका प्रहरी उपरीक्षक रेवती ढकाल बताउनुहुन्छ ।
जथाभावी लेख्ने मात्रै नभइ सामाजिक सञ्जालमा अरुले जथाभावी लेखेका कुरा सेयर गर्ने पनि कारबाहीमा पर्छन् । सामाजिक सञ्जालमा सभ्य भएर आफ्ना विचार तथा आक्रोश पोख्न पाइने भए पनि अश्लील गाली गर्ने तथा सामाजिक शान्ति सुरक्षामा खलल पुग्ने खालका काम गर्दा कारबाहीको भागिदार हुनुपर्ने छ ।
सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने, अभद्र, अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोस्ट गर्नेलाई पक्राउ गर्न अहिले प्रहरी नै खटिएका छन् ।
सामाजिक सञ्जालबाट हुने अपराध रोक्न साइबर क्राइम ब्यूरो लागि परेको छ । ‘सामाजिक सञ्जालबाट हुने अपराध रोक्ने पहिलो उपाय आ–आफ्नो स्थानमा आफै सचेत हुनु नै उत्तम उपाय हो’, ढकाल भन्नुहुन्छ, ‘नभए जथाभावी लेखेपछि कारबाहीको भागिदार त हुनै पर्छ ।’
सामाजिक सञ्जालको प्रयोग गरेकै आधारमा त्यो व्यक्तिको चरित्रका बारेमा पनि थाहा हुने भएकाले सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादित बन्नु नै उपयुक्त देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्