ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ– बाबुराम भट्टराई


एबीसी न्यूज

काठमाडौं,६ भदौ । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासङ्घको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत हुनुभएका उहाँले संविधानमा दलित समुदायको हक सुनिश्चित गरिए पनि अधिकार गुम्ने खतरा बढ्दै गएकाले त्यसको रक्षा गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको हो ।

“सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित सुमदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई शिक्षा र चेतनामार्फत अन्त्य गर्नुपर्छ”, उहाँले भन्नुभयो, “समावेशी र समानुपातिक सिद्धान्तलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्न राज्यले नै पहल गर्नुपर्छ” पार्टीका केन्द्रीय कार्य समिति अध्यक्ष तथा उपप्रधान मन्त्री उपेन्द्र यादवले दलित समुदायको मुख्य समस्या गरीबी भएकाले त्यसका लागि राज्यका तर्फबाट एकपटक ती समुदायलाई भूमि उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त घोषणासभाले खिमबहादुर विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ सो समितिको उपाध्यक्षमा मीनबहादुर परियार, चमेलीदेवी दास, सुनिता मरिक, सोमबहादुर नेपाली र लाल विश्वकर्मा रहनुभएको छ । महासचिवमा रणबहादुर रम्तेल, उपमहासचिवमा शान्त घतानी प्रदीप र भद्रमान मोतेलाई चयन हुनुभएको छ भने सचिवमा सुनिल विश्वकर्मा, डिवी नेपाली, चन्द्र विश्वकर्मा, अर्जुनराम, होमबहादुर नेपाली, इन्दिरा खाती छानिनुभएको छ । यसैगरी कोषाध्यक्षमा चन्चला पराजुली र सहकोध्यक्षमा भक्तबहादुर दर्नाललाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले आफ्नो सङ्गठन सधैँभरि दलित समुदायको अधिकारको लागि सङ्घर्षरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com