काठमाडौं, ५ भदौ । प्रतिनिधिसभाको आजको बैठकले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ सदनसमक्ष विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सदनको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सदनसमक्ष विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री पोखरेलले विधेयक सुझबुझपूर्ण रूपमा आएको बताउँदै मुलुकको समृद्धिका लागि उक्त विधेयक आवश्यक रहेको बताउनुभयो । विधेयकको सैद्धान्तिक बहसमा खगराज अधिकारी, रामकुमारी झाँक्री, नवराज सिलवाल, रेनुका गुरुङ, पुष्पा भुसाल, प्रकाश स्नेही, डा मीनेन्द्र रिजाल, गगनकुमार थापालगायतले भाग लिनुभएको थियो ।
यसैगरी बैठकले ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।सदनको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक बहसमा दिव्यमणि राजभण्डारी, डा मीनेन्द्र रिजाल, रेनुका गुरुङले भाग लिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्