ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी आईजीपी देखि संघिय सांसद सम्मले बुटवलका युवालाई उत्प्रेरित गर्ने


sharan sharan

बुटवल, ४ बुटवल । नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल र संघिय संसदका सांसद शान्ता चौधरी बुटवलका युवाहरुलाई उत्प्रेरित गर्न बुटवल आउने भएकाछन् । लियो क्लब अफ तिलोत्तमाको आयोजनामा नेतृत्व बिकास तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम मार्फत उनीहरुले युवाहरुलाई उत्प्रेरित गर्नेछन् ।
भदौं ७ गते आयोजना हुने कार्यक्रममा नेकपा सघिय सांसद तथा संसदीय दलका सचेतक शान्ता चौधरी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी सर्वेन्द्र खनाल, युवा उद्यमी तथा, एस. आर. ग्रुपका प्रबन्ध निर्देशक सुरज उप्रेती, युवा परामर्शदाता अनन्तराज घिमिरे, ब्लाइण्ड रक्सका संस्थापक श्रृष्टि केसी लगायतले उत्प्रेरणा प्रशिक्षण दिने क्लबका कार्यक्रम संयोजक चञ्चल कुमार कार्कीले जानकारी दिएका छन् । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उत्प्रेरणा कार्यक्रमको तयारी तिव्र पारिएको क्लबका अध्यक्ष राजन कसजुले जानकारी दिए । कार्यक्रममा ५ सय बढी युवाको सहभागिता रहने क्लबका सचिव दिनेश कुमार श्रेष्ठले बताए ।
क्लबले युवाहरुलाइ अझ जोश, जाँगर, उत्तरदायी र परिपक्व बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको क्लबका प्रथम उपाध्यक्ष सिद्धार्थ गुरुङ्गले बताए । कार्यक्रम सञ्चालन गर्नको लागि ३ लाख खर्च हुने र सोही कार्यक्रममा दृष्टिबिहिन भएका ब्यक्तिहरुका लागि २५ हजार बराबरको सेतो छडी वितरण गरिने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com