ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने


एबीसी न्यूज

काठमाडौं, ४ भदौ । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ ।

जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार सो प्रिन्टरको क्षमता अहिले विभागमा रहेका प्रिन्टरहरुको भन्दा कैयौँ गुणा बढी रहेको छ । विभागमा हाल १० वटा साना क्षमताका ‘प्रिन्टर’ रहेका छन् । यिनको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको उहाँले बताउनुभयो । ‘मास प्रिन्टर’ले एक घण्टाको अवधिमा पाँच सयदेखि छ सयसम्म कार्ड छाप्न सक्ने बताइएको छ । उहाँले भन्नुभयो, “उपकरण नियमित सञ्चालन भएपछि अहिले छाप्न बाँकी कार्ड चाँडै छापेर सकिनेछ ।”

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि सरकारले ‘मास प्रिन्टर’ खरीद गरेको हो । गत वर्ष नै ‘ग्लोबल टेन्डर’ मार्फत सो उपकरण खरीद प्रक्रिया अघि बढाइएको थियो । हाल विभागले झण्डै साढे नौ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । उपकरणले छोटो समयमा धेरै कार्ड छाप्दा सो समस्याको समाधान हुने बताइएको छ ।

चालक अनुमतिपत्रका लागि आवेदन दिएका र सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघ्दासमेत अझै चालक अनुमतिपत्र नपाएको सेवाग्राहीको गुनासो छ । सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरुको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रण यन्त्र ९छपाइ मेशिन०को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको थियो ।

विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरेकाले समस्या आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । उहाँका अनुसार क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने हुँदा विभागमा छाप्न बाँकी कार्डको सङ्ख्या नियमित रुपमा बढिरहेको थियो । विभागमा रहेका उपकरणहरुमा समयसमयमा समस्या आउने गरेको उहाँले बताउनुभयो । सो उपकरणमा समस्या आउँदा मर्मतका लागि भारतबाट नै प्राविधिक आउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जर्मनीमा बनेका उपकरणमा समस्या आउनासाथ मर्मत नहुँदा पनि नियमित रुपमा सञ्चालनमा आउन नसकेको हो । उहाँले भन्नुभयो, “कहिले कुन त कहिले कुन बिग्रिएर थन्किरहन्छन् ।”

यता चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइका कारण चालक हैरान छन् । आफूले चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण गरेर सरकारलाई राजश्व तिरेको एक वर्ष नाघ्दासमेत कार्ड नपाएको गुनासो भक्तपुरका शतिश फुयाँलको छ । सल्लाघारीस्थित यातायात कार्यालयबाट गत वर्ष साउनमा नै उहाँले परीक्षा पास गर्नुभएको थियो । त्यसयता कहिले एकान्तकुनास्थित यातायात कार्यालय त कहिले बानेश्वरस्थित यातायात व्यवस्था विभाग पुग्नुभयो । तर कतैबाट अनुमतिपत्र नपाएपछि उहाँ हैरान हुनुभएको छ । उहाँले भन्नुभयो, “राजश्व तिरेको कागज लेमिनेशन गरेर चालक अनुमतिपत्रका रुपमा देखाएर मोटरसाइकल चलाउने गरेको छु ।”

सरकारले आधुनिक प्रविधिको प्रयोग गर्दै हस्तलिखित कार्डलाई ‘स्मार्ट’ चालक अनुमतिपत्रले विस्थापित गरेर चार वर्षपहिले वाग्मती अञ्चल कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । विभागले चाँडो छपाइ गर्न भनी केही महीना निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको प्रवक्ता खनालले बताउनुभयो । निजीले चालक अनुमतिपत्र छाप्दा रङ्गीन छापेको उहाँले बताउनुभयो । रङ्गीन छाप्दा कसैको फोटो त कसैको नाम, ठेगाना, रक्तसमूह लगायतका विवरण प्रस्ट थिएन । निजीमा झन् बढी समस्या आएपछि अहिले विभाग आफैँले श्यामश्वेत कार्ड छापिरहेको प्रवक्ता खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले विभाग आफैँले छापेको कार्डमा प्रस्ट नभएको भन्ने गुनासो छैन ।”

गत फागुनसम्ममा विभागले देशभरका कार्यालयहरुमार्फत पाँच लाख ५७ हजार २९८ स्मार्ट चालक अनुमतिपत्र वितरण गरेको थियो । आव २०७४÷७५ मा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण भएको थियो । नयाँ संविधानअनुसार यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो । सङ्घीय सरकारले गत मङ्सिरमा यातायात व्यवस्था कार्यालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । प्रदेश सरकार आफैँले कार्ड छाप्न शुरु नगर्दा सङ्घीय सरकारले नै यो काम गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com