काठमाडौं, ४ भदौ । बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ परीक्षणका लागि बिहीबार अपराह्न सिङ्गापुर जाने जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु, १५ वर्ष अगाडि बिरामी थिएँ, अब १५ वर्ष तगडामा सामेल छु, बाँकी १५ वर्ष तगडा मै हुन्छु ।” उहाँले उपचारमा केही दिन लाग्ने बताउँदैै संविधान दिवसभन्दा अगाडि नै आइपुग्ने जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर जान लाग्नुभएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी पनि दिनुभयो । बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्केपछि महत्वपुर्ण निर्णय लिनुभएका प्रधानमन्त्री ओली भोलि परनः सिंगापुर जान लाग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्