ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीको प्रमुख कारण मानविय लापरवार्ही– जुद्ध बारुणयन्त्र ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ४ भदौ ।  काठमाडौं उपत्यकामै मासिक २० देखि २५ ओटा आगलागीका घटना घट्ने गरेको काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्रले जनाएको छ ।

आगलागीको प्रमुख कारण विद्युत सट नै हुने गरेको विगतको ३ वर्षको कुल तथ्यांक पनि छ । तसर्थ, आगलागी भईसकेपछि समाधान खोज्नुभन्दा दिर्घकालिन रुपमा आगलागी हुनै नदिन विद्युत प्राधिकरण लगायत सबैले ध्यान दिनुपर्ने जुद्ध बारुणयन्त्रले जनाएको छ ।
घटना संख्या र यसबाट हुने क्षतिको हिसाबले गैरप्राकृतिक विपत् आगलागीलाई पहिलो स्थानमा लिन सकिन्छ ।

काठमाडौंमै पनि हरेक दिनजसो कहीँ न कहीँ आगलागीबाट मानविय र भौतिक क्षति भैरहेको छ । अघिल्लो साउन महिनामा मात्रै उपत्यकामा मात्रै २५ भन्दा बढी आगलागी भएको काठमाडौं महानगरपालिको जुद्ध बारुणयन्त्रको तथ्यांक छ ।

अव्यवसिथत विद्युतीय जडान एवम् विद्युतीय चुहावट कम हुन सके राजधानीमा हुने आगलागीको घटना पनि कम हुन सक्ने सरोकारवालाहरुले बताउदै आएका छन् । महानगरको जुद्ध बारुणयन्त्रका प्रमुख लिलाराज गाछा मगरले आगलागी भइसकेपछि समाधान खोज्नु भन्दा पनि आगलागी हुनै नदिन तर्फ सम्बन्धित सबैको ध्यान जानुपर्ने बताएका छन् ।

विशेषगरि अति प्रज्जवनलशील पदार्थ भण्डारण भएको पेट्रोलपम्प, ग्याँस सिलिण्डर र विद्युतका कारण आगलागी हुने गरेको छ । यसबाहेक आँधीहुरी र प्राकृतिक कारण पनि बेलामौका नसोचेका आगलागी हुने गरेका छन् । आगलागीबाट क्षति कम गर्न अहिले विभिन्न स्थानमा फायर अलार्म, फायर हाईड्रेन्ट जस्था अलार्महरु राखिएका छन् ।

काठमाडौंमा विशेष त विद्युतकै कारण आगलागी हुने गरेका छन् कारण विद्युत व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणले नै विशेष ध्यान दिन आवश्यक छ ।

राजधानीमा अव्यस्थित ढंगबाट जथाभाबी टाँगिएको तार र गरिएको विद्युत जडानका कारण आगलागी मात्रै भएको छैन, यसले सुन्दर नगरी काठमाडौंको सौन्दर्यतालाई नै कुरुप बनाएको छ । शहरी सौन्दर्यतालाई ध्यानमा राखि काठमाडौंको विदुत वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य आगामी दिनमा विस्तार गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

उनले कार्यक्षमता अभिवृद्धि गर्दै विद्युत चुहावटलाई नियन्त्रण गर्न र उत्कृष्ट सेवा प्रवाह गर्न प्राधिकरणले आगामी दिनमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिईने पनि जानकारी दिएका छन् ।

लोडसेडिङ घटेपनि मानविय चाहाना बढ्दै गएका छन् । तसर्थ विद्युत प्रणालीमा भएको गुण्स्तरका कारण पनि आगलागीका घटना घटेका हुन् । तसर्थ, विद्युत वितरणको गुस्तरमा पनि सुधार गर्दै लानुपर्ने ऊर्जा, मन्त्रालयका जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए ।

आगलागी हुनुमा प्रमुख कारण त मानविय लापारबाही पनि रहेको महानगरको जुद्ध बारुणयन्त्रले जनाएको छ । तसर्थ, विद्युतीय सामाग्री उपभोगकर्ताहरुले पनि यसबाट सावधानी अपनाएमा र पूर्वतयारी अवस्थामा रहन सकेमा दुर्घटना भैहाले पनि क्षति कम हुन मद्दत पुग्ने बारुणयन्त्रले सुझाव दिएको छ ।

देशको राजधानीमै दिनँहु जसो आगलागी हुन्छ भने हामीकहाँ आगलागीसम्बन्धी जनचेतनाको स्तर कस्तो छ, सहजै अनुमान गर्न सकिन्छ । तसर्थ, अहिलेको अवस्थामा आगलागीबाट हुने जोखिम र क्षति कम गर्न हरेक घर–घरमा सूचक साईरनहरु राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com