ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशमा सार्वजनिक खरीद नियमावली निर्माण


एबीसी न्यूज

 

काठमाडौं, ३ भदौ । सार्वजनिक खरीदसम्बन्धी सङ्घीय सरकारले बनाएको ऐनबमोजिम प्रदेशमा काम गर्न अनुकूल हुने गरी प्रदेश नं ५ सरकारले सार्वजनिक खरीदसम्बन्धी प्रदेश नियमावली, २०७६ निर्माण गरेको छ ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले सङ्घीय सरकारले निर्माण गरेको नियमावलीअनुसार सार्वजनिक खरीद कार्यका लागि विशिष्ट तहका अधिकृतबाट स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार प्रदेशमा विशिष्ट तहका अधिकृत प्रमुख सचिव मात्र रहने भएकाले सम्बन्धित मन्त्रालयको काम मन्त्रालयकै सचिवले नै स्वीकृत गर्ने व्यवस्था प्रदेश नियमावलीमा गरिएको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।यस्तै बैठकले केही दिन अघिमात्र स्थापना भएको प्रदेश लोक सेवा आयोगका लागि आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगमा तत्काल १३ जनाको दरबन्दी स्वीकृत गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशअन्तर्गतका राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा विकास समिति गठन आदेश २०७६ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । यो आदेश स्वीकृतपछि लामो समयदेखि रिक्त विकास समिति गठन गर्ने बाटो खुलेको छ ।गठन आदेशमा प्रादेशिक अस्पतालको नीतिगत व्यवस्था, स्रोत परिचालन तथा व्यवस्थापन, पूर्वाधार तथा उपकरणको व्यवस्था, चिकित्सा तथा अन्य स्वास्थ्य सेवाको स्तर वृद्धि गरी अस्पताललाई विकास गर्न विकास समितिको गठन गरिने व्यवस्था गरिएको छ ।

विकास समितिमा स्नातक तह उत्तीर्ण गरी स्वास्थ्य तथा अन्य क्षेत्रमा २० वर्ष वा अस्पताल व्यवस्थापन वा व्यवस्थापनको अन्य क्षेत्रमा कम्तीमा १० वर्ष सेवा गरेका व्यक्तिलाई प्रदेश सरकारले अध्यक्षमा मनोनीत गर्ने व्यवस्था गरिएको छ ।

अध्यक्षसहित तीन सदस्यीय विकास समितिमा प्रदेश सरकारले मनोनीत गरेको समाजको लब्धप्रतिष्ठित महिला र मन्त्रालयले तोकेको मन्त्रालय वा सोअन्तर्गत कुनै पनि निकायका ११ औँ तहको कर्मचारी सदस्य रहने व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।यस्तै प्रदेशमा रहेका मदरसालाई प्रदेश सरकारको मूलप्रवाहमा ल्याएर सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ समेत स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com