ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता बलियो बनाउन आवश्यक छ– मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
भाद्र ३, २०७६ मंगलबार  ७ : ०३ बजे

 

काठमाडौं, ३ भदौ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी एकतालाई बलियो बनाउन आग्रह गर्नुभएको छ । नेकपा पश्चिम नवलपरासीको दोस्रो पूर्ण बैठकमा आज उहाँले भावनात्मक रूपमा अझै पनि पार्टी एकता पूर्ण नभएको बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य एवं प्रदेश नं ५ इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “सङ्गठनतात्मक एकता भए पनि विचार, कार्यशैली र व्यवहारमा अझै एक हुन बाँकी रहेको छ, एकता बलियो बनाउन म सबैलाई आग्रह गर्दछु ।” मुख्यमन्त्री पोखरेलले अहिले नेपाली काङ्ग्रेसले बोकेको उदार पूँजीवाद र नेकपाले बोकेको जनताको जनवादबीच प्रतिस्पर्धा रहेको भन्दै जनताको जनवादबाट समाजवाद स्थापना गर्ने नेकपाको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

“उदार पूँजीवादले हुने खानेको मात्रै विकास हुन्छ, जनताको जनवादले आम नेपाली सर्वहारा वर्गको उन्नति हुन्छ र खुशी प्रदान गर्दछ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकारलाई असफल पार्न सरकारको राम्रा कामको समेत नकारात्मक टिप्पणी गरेर विपक्षीले भ्रम सिर्जना गरिरहेकाले तथ्य बुझेर मात्र आफ्नो धारणा बनाउन म आग्रह गर्दछु ।”

यसैगरी नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सहइञ्चार्ज बैजनाथ चौधरीले सरकारका कामको प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका चौधरीले भन्नुभयो, “सरकारले नागरिकको खुशीसँग जोडेर काम गरिरहेको छ, तर अनेक भ्रम सिर्जना गर्ने काम भइरहेकाले पार्टीका हरेक सदस्यले त्यसको प्रतिवाद गर्नुपर्छ ।”

यसैगरी नेकपा प्रदेश ५ कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरी घर्तीले समाजवाद हुँदै साम्यवाद स्थापना गर्न दुई कम्युनिष्ट पार्टीबीच एकता गरिएको उल्लेख गर्दै पार्टीले अघि सारेको समाजवादोन्मुख जनताको जनवादले समृद्धि हासिल हुने बताउनुभयो । “पार्टीको सङ्गठनात्मक एकता सकिएलगत्तै हामी समाजवादोन्मुख जनताको जनवादको विषयमा व्यवस्थित वैचारिक बहस चलाउनेछौँ”, उहाँले भन्नुभयो । दुई पार्टीबीचको एकतामा फाटो ल्याउने चौतर्फी प्रयास भइरहेको भन्दै उहाँले सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा प्रदेश सचिव जगप्रसाद शर्माले नेपालमा समाजवाद स्थापना गर्नका लागि नै पार्टी एकता गरिएको बताउनुभयो । नेकपा पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारीले बैठकबाट नेताहरुको कार्यविभाजन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com