ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदको चिन्ता- ‘भागबण्डामा पदाधिकारी नियुक्तिले प्राज्ञिक छवि ध्वस्त’


एबीसी न्यूज
भाद्र ३, २०७६ मंगलबार  ४ : ३७ बजे

 

काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा काठमाडौँ उपत्यकाको सडकको अवस्था, विश्व विद्यालयका पदाधिकारीको नियुक्ति, कर्मचारी भर्नामा समानुपातिक र समावेशी सिद्धान्तलगायतका विविध विषयबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले तुलानात्मक सुधार भए पनि सन्तोष गर्ने अवस्था नभएकाले काठमाडौँ उपत्यकाभित्रका सडक सुधारमा आवश्यक ध्यान पु¥याउन सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “कलङ्की–नागढुङगा क्षेत्रमा क्षतिपूर्तिसम्बन्धी माग सम्बोधन हुन नसक्दा सडक विस्तार कार्य अघि बढन सकेको छैन, चावहिल–जोरपाटी क्षेत्रको सडकले राज्यलाई जिस्क्याइ रहेको छ ।” उपत्यकालाई वातावरण मैत्री बनाउन यहाँका सडकमा अनिवार्य रुपमा साइकल लेनको व्यवस्था गरिनुपर्ने उहाँको सुझाव थियो । सांसद भिमसेनदास प्रधानले भागबण्डाका आधारमा विगतमा पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिले विश्वविद्यालयको प्राज्ञिक छवि ध्वस्त भएको हुँदा अब प्राज्ञिक र ज्येष्ठताका आधारमा पदाधिकारीको नियुक्ति गर्ने व्यवस्था होस् भन्नुभयो ।

सांसद अमृता अग्रहरिले सरकारले तराई मधेशका जनताको आवाजलाई सम्वोधन गर्न नसकेको आरोप लगाउँदै तराई मधेश आन्दोलनको सत्यतथ्यका लागि गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको माग गर्नुभयो ।

सांसद प्रदीप यादवले लोकसेवा आयोगले संविधानको भावना, सामानुपातिक र समावेशी सिद्धान्त विपरीत निकालेको विज्ञापन खारेजीको माग गर्नुभयो । सांसद रेनुका गुरुङले काठमाडौँ तराई द्रूतमार्गलाई अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन९ डिपीआर० नहुँदा अप्ठेरो परेकाले छिटो स्वीकृतिका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद तेजुलाल चौधरीले कोशी ब्यारेज बनाउँदा प्रभावित भएका सुनसरी, सप्तरी र उदयपुरका पीडित किसानलाई अहिलेसम्म क्षतिपूर्ति उपलब्ध गराउने काम किन भएन भनी प्रश्न गर्दै यथाशीघ्र पीडितको माग सम्बोधन होस् भन्नुभयो । सांसद राजेन्द्र गौतमले बाढीपहिरो र डुबानबारे संसदीय समितिले गरेको अध्ययन प्रतिवेदन अपूरो र अधूरो रहेकाले सच्याएर ल्याउन सुझाव दिनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले संसद्कै शून्य र विशेष समयमा उठाइएका विषयलाई सम्बोधन हुने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराउँदै जुम्लामा विद्युत् सञ्चालन गर्ने तर्फ सरकारको ध्यान जाओस् भन्नुभयो ।सांसद कल्याणी खड्काले नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले गरेको अग्लो बाँधले वर्षेनी रौतहटका दक्षिणी भागका धेरै जसो जलमग्न भई नेपालीले सास्ती खेप्नु परेकोतर्फ राज्यले विशेष चासो दिन आवश्यक छ भन्नुभयो ।

सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित हुने ढङ्गबाट क्रियाकलाप भइरहेको बताउनुभयो । सांसद प्रेम सुवालले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन फिर्ता लिन सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com