ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ अव सिसि टिभिको निगरानीमा


sharan sharan

बुटवल, २ बुटवल । प्रदेशको सुरक्षामा आधुनिक सुरक्षा प्रणाली लागु गर्ने भन्दै प्रदेश–५ सरकारले रोल्पा बाहेकका ११ जिल्लामा १ सय ५ ओटा सिसिटीभी क्यामेरा जडान गरि निगरानी सुरु गरेको छ ।

२ करोड ५९ लाख ९३ हजार लागतमा ११ जिल्लाका बिभिन्न शहरहरुमा सिसि क्यामेरा जोडने काम भई रहेको प्रदेश सरकार आन्तरिक मामीला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको लगानीमा बुटवलमा जडान गरिएको सिसि क्यामेराको कन्ट्रोलरुमको आज एक कार्यक्रमका बिच प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्नुभयो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा राखिएको कन्ट्रोल रुमबाट बुटवलको गोलपार्क, बिद्युत चोक, हस्पिटल लाइन, भुड्की चोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड र तिनाउ पुल पारीसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य कन्ट्रोल रुपमा कैद हुनेछ ।
उदघाटन कार्यत्रममा बोल्दै प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेलले दुर्घटना न्यूनिकरण र सुरक्षा निगरानी बढाउनका लागि प्रदेशका जिल्लामा सिसिटीभि जडान गरेको बताउनुभएको छ ।


उहाले ट्राफिक व्यवस्थापनमा समस्या र बढि दुर्घटना हुने क्षेत्रमा समेत सिसिटिभी निगरानी बढाउनुपर्ने भन्दै त्यस्ता स्थानको पहिचान गर्न समेत उहाले आग्रह गर्नुभयो । सडक जाम, दुर्घटनाको जानकारी, दुर्घटना पछिको रेस्क्यू, अपराध पछि भन्ने अवस्थाको अन्त्य पनि सिसिटिभी जडानले हुने अपेक्षा उहाले गर्नुभयो । प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मदुसुदन लुईटेलले अपराध नियन्त्रण र दुर्घटना न्यूनिकरणमा सिसिटिभी जडानले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
आन्तारिक मामिला तथा कानुन मन्त्रालयले अघिल्लो आर्थिक बर्षमा सिसिटिभी जडानका लागि ३ करोड बजेट विनियोजन गरेपछि प्रदेशका बिभिन्न शहरहरुमा सिसिटीभि जडान गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com