काठमाडौँ, ३२ साउन ।प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका नेता इन्द्रबहादुर आङ्बो मौसमले अब जनताको अपेक्षाअनुरुप विकास निर्माणले फड्को मार्ने बताउनुभएको छ ।
पाँचथरको सदरमुकाम फिदिममा आज नेकपा पाटी पाँचथरले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पहिलो वर्ष संविधान कार्यान्वयन, समृद्धि र विकासको निम्ति आधार वर्षको रुपमा व्यतीत भएको र दोस्रो वर्ष जनताको अपेक्षाअनुरुप विकास निर्माणको कामलाई अघि बढाउने बताउनुभयो ।
प्रदेश नम्बर १ मा ठूलाठूला आयोजना पनि सञ्चालन हुन लागेको र ती योजनालाई पनि समयमै सम्पन्न गर्ने गरी प्रदेश सरकार लागि परेको उहाँले उल्लेख गर्नुभयो । उहाँले पाँचथरमा अबको दुई वर्षभित्र सबै गाउँगाउँमा विद्युतीकरण गरेर जिल्लालाई उज्यालो जिल्ला बनाउने बताउनुभयो ।
यस्तै उहाँले जिल्लाको फालेलुङ गाउँपालिकामा केही वर्ष अघि पहिरोबाट विस्थापित भएका परिवारलाई एकीकृत बस्ती निर्माण गरेको र अब यस वर्ष याङ्वरक गाउँपालिकाका पहिरोपीडितलाई पनि उनीहरुले भनेकै स्थानमा गएर एकीकृत बस्ती विकास प्रदेश सरकारले गरी दिने बताउनुभयो । यस्तै सोही कार्यक्रममा राप्रपाका नेता सुरेश शाहलगायत आधा दर्जन व्यक्ति नेकपा पाटीमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्