बुटवल, ३१ साउन ।
५ नम्बर प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम आक्रमण भएको छ । रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा आज मध्यराती ३ वटा पेट्रोल प्रहार भएको हो । सचेतक ढकालका अनुुसार ढकाल सुुत्ने कोठामा, उनका आमाबुवा सुुत्ने कोठामा र उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । सचेतक ढकाल भने विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारत छन् ।
राति दुुईबजेततिर बम प्रहार भएको आफुले जानकारी पाएको ढकालले बताएकाछन् । आफु घरमै भएको भनेर बम हानिएको हुन सक्ने ढकालले अनुमान गरेकाछन् । प्रहार भएका ३ वटा बममध्ये गाडीमा लक्षित बम मात्र विस्फोट भएको प्रहरीले जनाएको छ । एउटाबममात्र बिस्फोट भएकाले धेरै धनजनको क्षति हुुन नपाएको स्थानीय प्रत्यक्षदर्शीले बताएकाछन् ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर रवि मैनालीले प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको जानकारी दिएकाछन् । बम प्रहारबाट गाडीमा क्षति पुगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्