ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ मा पर्यटन पत्रकार महासंघको पर्यटन पत्रकारिता पुरस्कार स्थापना


sharan sharan
श्रावण २९, २०७६ बुधबार  १० : ४५ बजे

पाल्पा, २९ साउन । नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं ५ समितिले पर्यटन पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
प्रदेश समितिको मंगलबार र बुधबार पाल्पाको नुवाकोटमा बसेको बैठकले पर्यटन बिधामा कलम चलाउने एक जना पत्रकार वर्षमा एक पटक नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश नं ५ का १२ वटै जिल्लामा पर्यटन सम्बन्धी गतिविधि बढाउने तथा सदस्यहरु थप्ने सकितीले निर्णय गरेको महासंघका महासचिव कपिल ज्ञवालीले जानकारी दिएका छन् ।

बैठकपछि स्थानीयसंग महासंघले गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले बुटवलदेखि आठ किलोमिटर सडकको दुरीमा रहेको चुरेमा क्षेत्रमा पर्ने नुवाकोट गढी क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । बुटवलदेखि नजिकमा रहेको, ऐतिहासिक महत्व बोकेको नुवाकोट गढी क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको क्षेत्र बनाउन सकिने उनीहरुले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोट गढी ऐतिहासिक वीर गाथासंग जोडिएकोले एकृकीत विकासमा नुवाकोटलाई जोड्नु पर्ने उल्लेख गरे । नेपाल भ्रमण वर्ष सन् २०२० का प्रदेश नं ५ संयोजक समेत रहेका नेपालले तीन वर्षमा नुवाकोट गढी क्षेत्रमा आधुनिक प्रकृतिका पर्यटकीय संरचना समेट निर्माण गरिने बताए ।

महासचिव कपिल ज्ञवालीले प्रदेशका १२ वटै जिल्लामा पुगेर पर्यटन सम्बन्धी गतिविधी संचालन गरिने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com