ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय सरकारको भ्रमण वर्ष २०२० लाई पौवा ग्रुपले सघाउने


sharan sharan
श्रावण २९, २०७६ बुधबार   १० : २१   बजे

बुटवल, २९ साउन ।
बिशुद्ध नेपाली हस्पिटालिटीको दाबी गरिरहेको होटल पौवा ग्रुपले तराईमधेसको स्वादलाई प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवामा पौवा चौतारी नामबाट सेवा बिस्तार गरेको छ । साकाहारी ब्यञ्जन सहितको पौवा चौतारीमा बिभिन्न मिठाई तथा तराई मधेसमा रुचाईएको परिकार उपलब्ध हुने आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पौवा ग्रुपले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बिदेशी सेवाको अनुशरण गर्दै धमाधम होटल तथा रेष्टुरेण्ट ब्यवसाय खुलिरहेकोे परिपेक्षमा होटल पौवा नेपाली सन्दर्भमा एउटा मौलीक नेपालीपन सहितको सेवामुलक ब्यवसाय भएको दाबी गरिएको थियो ।
पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा नेपाल सरकारको भ्रमण वर्ष २०२० र प्रदेश ५ सरकारको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई दृष्टिगत गर्दै पौवा ग्रुपले प्रदेश नम्बर ५ लाई आधार बनाउंदै आफ्नो सेवा बिस्तार गरिरहेको जनाएको छ ।

रुपन्देहीबाट सुरुभएको पौवाको ब्यवसाय प्रदेश नम्बर ५ मा ५ वटा शाखा र कर्णाली प्रदेशमा १ शाखा गरि ६ स्थानमा सेवा प्रदान गरिरहेको छ भने प्रदेश नम्बर ५ को राजधानी बुटवलमा, पाल्पाको तानसेन तथा दाङको भालुबाङमा सुबिधा सम्पन्न होटल निर्माणधिन अवस्थामा रहेको होटल पौवा प्रा.लिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनु भयो ।
बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिकी रानी रारा जोड्नु तथा बुद्ध सर्किटको सम्पुर्ण भ्रमण गर्दै बिश्वभरीका हिन्दुहरुको पबित्र धार्मीक स्थल स्वर्गद्धारीका लागि भालुबाङ, प्रसिद्ध सुपा देउराली दर्शन गर्नेहरुलाई सेवा दिन गोरुसिङ्गे, रारा भ्रमणका लागि जुम्ला तथा प्रकृतिक रमणीय शहर पाल्पा पुग्ने पर्यटकका लागि तानसेनबाट पौवाले सेवा दिने बिज्ञप्तीमा उल्लेख छ । लुम्बिनी आउने अवलोकनकर्ताको नेपाल बसाई लम्ब्याउन भैरहवा र बुटवलमा नेपाली हस्पिटालिटी सहितको होटल सञ्चालनमा ल्याईएको भण्डारीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै होटल पौवाको ब्यवसायीक साझेदार कम्पनि शुभओम कम्पनिका कार्यबाहक अध्यक्ष दिपेश पछाईले पौवाको सेवा नेपालभरी बिस्तार गर्ने लक्ष्यका साथ तयारी भई रहेको जानकारी दिनुभयो । उहांले लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन भैरहवा, बुटवल र गोरुसिङ्गेमा मध्यमवर्गको समेत पहुंच हुने गरि सुबिधा सम्पन्न होटल संचालन गरिएको बताउनु भयो ।
संघिय सरकारको भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन पौवा ग्रुपको पनि सहकार्य रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । । भ्रमणवर्षलाई लक्ष्य बनाउंदै रुपन्देही र यस आसपासमा धमाधम होटलहरु खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group