ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको काम आयोजनास्थलमै बसेर गर्न कर्मचारीलाई खानेपानी मन्त्रीको निर्देशन


एबीसी न्यूज

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई आयोजनास्थलमै बसेर काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा सम्पन्न भएको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनास्थलमै बसेर मेलम्ची आयोजनाको काम अघि बढाउन निर्देशन दिनुभएको हो । मन्त्री मगरले अति आवश्यक काम गर्नुपर्दा बाहेक मेलम्चीको आयोजनास्थल नछाड्न समेत निर्देशन दिनुभयो ।

आयोजनाका प्रमुख, डिभिजनल इन्जिनियर र समितिका अन्य प्राविधिकहरु सहितको टोलीलाई आयोजनास्थलमा खटाउने र आयोजनामा देखिएको अन्यौल हटाउँदै अघि बढ्न मन्त्रीज्यूबाट निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।

मेलम्ची आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसीबाट भुक्तानी पाउन बाँकी रहेका स्थानीय ठेकेदार तथा भेण्डरहरुले दाबी गरेका रकमको सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ ।

आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङ जस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । अहिले आयोजनास्थलमा नदी संरक्षण गर्ने कार्य भईरहेको र सुन्दरीजलस्थित भेन्टिलेसन साफ्टको काम सकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com