आगलागीबाट मानविय र भौतिक क्षति : आगलागी नियन्त्रणको पूर्वतयारीमा बेवास्ता (भिडियोसहित)



काठमाडौं, २९ साउन  ।  घटनाको संख्या र यसबाट हुने क्षतिको हिसाबले गैरप्राकृतिक विपत् आगलागीलाई पहिलो स्थानमा लिन सकिन्छ । काठमाडौंमै पनि हरेक दिनजसो कहीँ न कहीँ आगलागीबाट मानविय र भौतिक क्षति भैरहेको छ । तसर्थ, आगलागीपश्चात् समाधान खोज्नेतर्फ मात्रै अल्मलिरहने राज्यले आगलागी हुनै नदिन तर्फ भने ध्यान पु¥याउन सकेको छैन ।

यही महिनामा मात्रै २० देखि २५ ओटा आगलागी भएको काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्रले जनाएको छ । केही दिनअघि मात्रै केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुमा भीषण आगलागी भयो । झण्डै ८ हजार लिटर परिमाणको ठूलो मात्रामा अति प्रज्जवनशील पदार्थ भण्डारणका कारण पनि सुबिसुमा लागेको आगो नियन्त्रणमा लिन केही समय बढी लाग्यो । सोमबार महाराजगञ्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीको पाँचौं तल्लामा विद्युत् चुहावट हुदाँ आगलागी भयो । आगलागीबाट कागजातहरु नष्ट भएका थिए यहाँ समयमै आगलागी नियन्त्रण नभएको भए आई.सि.यू., सि.सि.यू. का संवेदनशील बिरामीहरुलाई पनि आगलागीबाट असर पर्ने थियो । तसर्थ, आगलागी भइसकेपछि समाधान खोज्नु भन्दा पनि आगलागी हुनै नदिन तर्फ सोच्नु बुद्धिमानी हुने जुद्ध बारुणयन्त्रका प्रमुख लिलाराज गाछा मगरले बताए ।

विशेषगरि अति प्रज्जवनलशील पदार्थ भण्डारण भएको पेट्रोलपम्प, ग्याँस सिलिण्डर र विद्युतका कारण आगलागी हुने गरेको छ । यसबाहेक आँधीहुरी र प्राकृतिक कारण पनि बेलामौका नसोचेका आगलागी हुने गरेका छन् । आगलागीबाट क्षति कम गर्न अहिले विभिन्न स्थानमा फायर अलार्म, फायर हाईड्रेन्ट जस्था अलार्महरु राखिएका छन् । काठमाडौंमा विशेष त विद्युतकै कारण आगलागी हुने गरेका छन् त्यसैले पनि यसको व्यवस्थापनमा नेपाल विदुत प्राधिकरणले व्यवस्थापन गर्न जरुरी छ । गृह मन्त्रालय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार २०७५ साल वैशाखदेखि चैत सम्म नेपालमा सबैखाले विपत्का घटना चार हजार ९७ भन्दा बढी भयो । छ जसमध्ये दुई हजार ६६५ वटा आगलागी घटना भएको देखिन्छ । जुन औसतमा दैनिक सातभन्दा बढी हुन आउँछ । घाइते ४३२ मध्ये ८५ जनाको मृत्यु आगलागीबाट भएको छ । हजारौँ जना घाइते छन् । दसौँ हजार घरपरिवार प्रभावित भए ।

चौपायासहित अनुमानित चार अर्ब चौध करोडको क्षति भएको देखिन्छ । आगलागी नियन्त्रण तथा पूर्वतयारीका लागि वार्षिक दस–बीस करोड मात्र खर्च गरे पनि हामी यस समस्याबाट धेरै हदसम्म मुक्ति पाउन सक्छौँ । तर, त्यसतर्फ हाम्रो ध्यान राम्रोसँग नगएको देखिन्छ । विपत् पूर्वतयारीमा एक रुपियाँले हुने काम विपत्पछि सात रुपियाँ खर्च गर्नुपर्ने कुरा एक तथ्याङ्कले देखाएको छ । नेपालको सन्दर्भमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि छुट्ट्याइएको बजेटको १० प्रतिशत तयारीमा खर्च हुने गरेको छ । नेपालभरि हाल करिब १४७ वटा दमकल छन् जसमध्ये जेनतेन चल्ने १३० वटा छन् । अन्तराष्ट्रिय मान्यता अनुरुप ६० हजार जनसंख्या भएको बस्तीमा एउटा अग्नि नियन्त्रण यन्त्र फायर एक्सटिनगुईसरको आवश्यकता रहन्छ । तर, करिब ५० लाखको हाराहारमा बसोबास रहेको काठमाडौंमा एउटा मात्रै अग्नि शामक यन्त्र छ । आगलागीको सुरुवातमै केही सावधानी अप्नाउन सकेमा त्यसको क्षति कम गर्न सकिन्छ, त्यसैले प्रतयेक घर–घरमा, अस्पताल वा कार्यालयमा प्राथमिक उपचार यन्त्र अग्नि शामक यन्त्र अनिवार्य रुपमा रहनुपर्दछ ।

नेपालको सन्दर्भमा आगलागी नियन्त्रणको पूर्वतयारीलाई बेवास्ता गरेको पाइन्छ जसको फलस्वरूप आगलागीबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । २०७५ साल वैशाखदेखि चैत १९ सम्म काठमाडौँमा १७८ वटा आगलागीका घटना भए । देशको राजधानीमा यति धेरै आगलागी हुन्छ भने हामीकहाँ आगलागीसम्बन्धी जनचेतनाको स्तर कस्तो छ, सहजै अनुमान गर्न सकिन्छ । तसर्थ, आगलागीबाट हुने जोखिम र क्षति कम गर्न हरेक घर–घरमा सूचक साईरनहरु राख्न सकिन्छ । यसभन्दा पनि बढी राज्यले नै आगलागीको घटना हुनै नदिनतर्फ ध्यान दिन आवश्यक छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All