ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेत्रज्योति सङ्घमा आधुनिक उपकरण व्यवस्थापन


एबीसी न्यूज

काठमाडौं, २९ साउन  । नेत्रज्योति सङ्घ शाखा उदयपुरको लागि आगामी दिनमा जलविन्दु र मोतियाविन्दुसहितको शल्यक्रिया उपचार सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि नेपाल सरकार स्वास्थ्य विभागले रु एक करोड बजेट व्यवस्थापन गरेसँगै आधुुनिक मेसिन तथा उपकरणको व्यवस्थापन भएको छ ।

सरकारले आधुनिक मेसिन तथा उपकरण खरीद गर्न व्यवस्थापन गरेको रु एक करोडको बजेटले जापानबाट सङ्घका लागि १६ प्रकारका आधुनिक मेसिन तथा उपकरण खरीद गरेर ल्याइएपछि अब नेत्रज्योति सङ्घ उदयपुर प्राविधिकरूपमा सक्षम भएको सङ्घका अध्यक्ष भागवत राउतले बताउनुभयो ।

खरीद गरिएका नयाँ उपकरण तथा मेसिनमा अपरेश माइक्रोपकप्स, फेको मेसिन, स्क्यान मेसिन, डेहुमिडिफाइर, आँखा शल्यक्रिया बत्तीसहितका उपकरण, ट्र«««ायल लेन्स र फ्रेम, रेटिनोस्कप, आधुनिक टर्चलाइट, नाइन्टी डि, लेन्ससहितका उपरकण रहेका छन् । अन्यमा भेजिन ड्रम, अटो¥याफिक मिटर, लेन्ससोमिटरसहितका आधुनिक उपकरण व्यवस्थापन भएको छ ।

विसं २०६७ बाट सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको सहयोगमा प्राथमिक आँखा उपचार केन्द्रका लागि स्थापना गरेर सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले आगामी मङ्सिरदेखि आँखाको शल्यक्रिया मोतियाविन्दु तथा जलविन्दुसहितको उपचार शुरु गर्ने लक्ष्यका साथ विभिन्न आधुनिक उपकरण व्यवस्थापन गरेको सङ्घका सदस्य ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

नेत्रज्योति सङ्घलाई आधुनिक ढङ्गबाट व्यवस्थापन गरेर सङ्घको उपचार सेवाको क्षमतामा स्तरोन्नति गर्दै प्राथमिक उपचार सेवाबाट ‘सेकेन्डरी’ सेवा सञ्चालन गर्नका लागि अहिले २० कोठासहितको तीनतले नयाँ भवन निर्माणकार्यसमेत सम्पन्न हुनलागेको सङ्घ व्यवस्थापन समितिका सदस्य सिर्जना दनुवार बताउनुभयो ।

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको गाईघाट बोक्सेको एक बिघा जग्गामा जापानी राजदूतावासको रु ९० लाख आर्थिक सहयोग तथा उदयपुरबाट पूर्वभौतिक निर्माण राज्यमन्त्री मञ्जुकुमारी चौधरीको रु ४० लाख आर्थिक सहयोग र अन्य दाताको आर्थिक सहयोग गरेर कूल रु एक करोड ८१ लाखमा नयाँ भवनसमेत निर्माणकार्य सम्पन्न हुने अवस्थामा पुगेको हो ।

सङ्घमा वार्षिक १७ हजारसम्म सेवाग्राहीले आँखा उपचार सेवा लिँदै आएको सङ्घका प्रमुख प्राविधिक चिकित्सक डुल्लीराज तिम्सिनाले बताउनुभयो । हालसम्म यस सङ्घले आँखाका जाँच, सामान्य शल्यक्रिया, रेटिना भेजिना सफा गर्ने र जलविन्दु, मोतियाविन्दु हुनुअघिका सम्पूर्ण उपचार प्रदान गर्ने र चश्मा निर्धारण तथा व्यवस्थापनजस्ता सेवा प्रदान गर्दै आएको सङ्घका प्राविधिक प्रमुख तिम्सिना बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com