ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा सदस्यका छोरा घुस सहित पक्राउ वडा सदस्य फरार


एबीसी न्यूज
श्रावण २८, २०७६ मंगलबार  ३ : ०२ बजे

जनकपुरधाम २८  साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको एक जना वाडा सदस्यका छोरालाइ एक लाख ६० हजार घुस सहित पक्राउ गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महोत्तरीको भंगाहा नगरपालिका वाडा नं ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई जनकपुरको पिडारी चौकबाट एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका९९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा साह पक्राउ परेका हुन्। वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए । त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि गोप्य सुचनाको आधारमा वाडा सदस्यका छोरा मुकेस अख्तियारको फन्दामा परेका हुन् । पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगिएको छ भने छोरा घुससहित पक्राउ परेको खबर पाए लगत्तै वडा सदस्य कारी र वडाध्यक्ष रफिक फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com