ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा


एबीसी न्यूज

काठमाडौं, २८ साउन । केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलाली प्रहरीले बताएको छ ।

साउन १२ गते राति कैलालीको गोदावरी नगरपालिका–५, बरबट्टामा छोराले चिर्पटले हानेर बुबाको हत्या गरे । अंशवण्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हान्दा ६० वर्षीय बुबा अमरसिंह कुमालको मृत्यु भयो । साउन ६ गते घोडाघोडी नगरपालिका–११ सिसैयाका ५५ वर्षीय उदय राउतले धारिलो हतियार प्रहारबाट आफ्नै बाबुआमाको हत्या गरे । उनले धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा कल्चे राउत र आमा नन्दा राउतको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेर उनले आमाबुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । गत मङ्सिर ३१ गते लम्की चुहा नगरपालिकाको बलियामा जहरलाल चौधरीले ६० वर्षीय बुबा पल्टु थारू र ५० वर्र्षीय काका छनक थारूको हत्या गरे । उनले अंशवण्डामा कुरा नमिल्दा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।

गत असोज ६ गते टिकापुर नगरपालिका–कालीमाटीमा बुबाले छोराको हत्या गरेका छन् । त्रियासी वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी आफ्नै ५२ वर्षीय छोरा कृते लुहारको हत्या गरे । गत कात्तिक १७ गते गोदावरी नगरपालिका–७ लालपुरकी ३९ वर्षीया हिरादेवी नागरीको उनकै श्रीमान् विजय नागारीले हत्या गरे ।

गत भदौ २९ गते गोदावरी नगरपालिका–१० दमौराकी तुलसी फुलौरा भट्टको उनकै श्रीमान् प्रशान्त भट्टले हत्या गरे । गौरीगङ्गा नगरपालिका–६ की निर्मला साउदलाई उनकै श्रीमान् लालबहादुर साउदले हत्या गरे ।

माया प्रेम, भागबन्डा, मदिरा सेवन तथा रिसको आगेवमा कैलालीमा एक वर्षको अवधिमा आफ्नै जन्मदिने आमा–बुबा तथा श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्को गरी नौ जनाको हत्या भएको कैलालीका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

यस अवधिमा कर्तव्य ज्यान, बलात्कार, तस्करी र चोरी–डकैतीसम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा जिल्ला प्रहरी कार्यालयमा २० कर्तव्य ज्यानसम्बन्धी, तीन ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र ११६ ले झुन्डिएर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । यी अपराधका घटना आव २०७४/७५ मा बढेका छन् । यो समयमा १२ कर्तव्य ज्यानसम्बन्धी, ११ ज्यान मार्ने उद्योग, ७३ विष खाएर मृत्यु र १२८ ले झुन्डिएर आत्महत्या गरेका छन् ।

आव २०७५/७६ मा अपराधका घटना अझ बढेको तथ्याङ्कले देखाएको छ । यो अवधिमा १६ कर्तव्य ज्यानसम्बन्धी, ३० ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र १५० ले झुन्डिएर आत्महत्या र आठ जनाले आत्महत्या दुरुत्साहन गरेको कैलाली प्रहरीले जनाएको छ । यसबाहेक आव २०७३/७४ मा १४८, सार्वजजनिक कसुरसम्बन्धी, चार मानवबेचबिखन तथा ओसारपसार, नौ बहुविवाह, ६२ सवारी ज्यानसम्बन्धी घटना भएका छन् ।

आव २०७४/७५ मा २९४ सार्वजजनिक कसुरसम्बन्धी, नौ मानव बेचबिखन तथा ओसारपसार, १७ बहुविवाह, ६४ सवारी ज्यानसम्बन्धीका घटना रहेका छन् । यस्तै आव २०७५/७६ मा ३६६ सार्वजनिक कसुरसम्बन्धी, १७ मानव बेचबिखन तथा ओसारपसार, २३ बहुविवाह, ६१ सवारी ज्यानसम्बन्धीका घटना रहेको कैलाली प्रहरीले जनाएको छ ।

शृङ्खाबद्ध चोरीका घटना

केही वर्षयता कैलालीमा शृङ्खलाबद्धरूपमा चोरीका घटना बढेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ ।
प्रदेशको अस्थायी राजधानी धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । प्रदेश राजधानीमै फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढेको स्थानीयवासीको आरोप छ ।

गत वैशाखदेखि असारसम्म मात्रै कैलालीमा ६० चोरीका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आव २०७३/७४ मा १८ चोरीका घटना घटेकामा चार सवारी चोरी भएकामा आव २०७४/७५ मा २६ चोरीका घटना घटेका छन् ।

यस्तै आव २०७५/७६ मा ९६ चोरीका घटना घटेकामा सात सवारी चोरीका रहेका छन् । प्रहरी तथ्याङ्कलाई हेर्ने हो भने चोरीका घटना पनि वर्षेनी बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com