ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा


एबीसी न्यूज
श्रावण २८, २०७६ मंगलबार  १२ : ३२ बजे

काठमाडौं, २८ साउन । केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलाली प्रहरीले बताएको छ ।

साउन १२ गते राति कैलालीको गोदावरी नगरपालिका–५, बरबट्टामा छोराले चिर्पटले हानेर बुबाको हत्या गरे । अंशवण्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हान्दा ६० वर्षीय बुबा अमरसिंह कुमालको मृत्यु भयो । साउन ६ गते घोडाघोडी नगरपालिका–११ सिसैयाका ५५ वर्षीय उदय राउतले धारिलो हतियार प्रहारबाट आफ्नै बाबुआमाको हत्या गरे । उनले धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा कल्चे राउत र आमा नन्दा राउतको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेर उनले आमाबुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । गत मङ्सिर ३१ गते लम्की चुहा नगरपालिकाको बलियामा जहरलाल चौधरीले ६० वर्षीय बुबा पल्टु थारू र ५० वर्र्षीय काका छनक थारूको हत्या गरे । उनले अंशवण्डामा कुरा नमिल्दा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।

गत असोज ६ गते टिकापुर नगरपालिका–कालीमाटीमा बुबाले छोराको हत्या गरेका छन् । त्रियासी वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी आफ्नै ५२ वर्षीय छोरा कृते लुहारको हत्या गरे । गत कात्तिक १७ गते गोदावरी नगरपालिका–७ लालपुरकी ३९ वर्षीया हिरादेवी नागरीको उनकै श्रीमान् विजय नागारीले हत्या गरे ।

गत भदौ २९ गते गोदावरी नगरपालिका–१० दमौराकी तुलसी फुलौरा भट्टको उनकै श्रीमान् प्रशान्त भट्टले हत्या गरे । गौरीगङ्गा नगरपालिका–६ की निर्मला साउदलाई उनकै श्रीमान् लालबहादुर साउदले हत्या गरे ।

माया प्रेम, भागबन्डा, मदिरा सेवन तथा रिसको आगेवमा कैलालीमा एक वर्षको अवधिमा आफ्नै जन्मदिने आमा–बुबा तथा श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्को गरी नौ जनाको हत्या भएको कैलालीका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

यस अवधिमा कर्तव्य ज्यान, बलात्कार, तस्करी र चोरी–डकैतीसम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा जिल्ला प्रहरी कार्यालयमा २० कर्तव्य ज्यानसम्बन्धी, तीन ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र ११६ ले झुन्डिएर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । यी अपराधका घटना आव २०७४/७५ मा बढेका छन् । यो समयमा १२ कर्तव्य ज्यानसम्बन्धी, ११ ज्यान मार्ने उद्योग, ७३ विष खाएर मृत्यु र १२८ ले झुन्डिएर आत्महत्या गरेका छन् ।

आव २०७५/७६ मा अपराधका घटना अझ बढेको तथ्याङ्कले देखाएको छ । यो अवधिमा १६ कर्तव्य ज्यानसम्बन्धी, ३० ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र १५० ले झुन्डिएर आत्महत्या र आठ जनाले आत्महत्या दुरुत्साहन गरेको कैलाली प्रहरीले जनाएको छ । यसबाहेक आव २०७३/७४ मा १४८, सार्वजजनिक कसुरसम्बन्धी, चार मानवबेचबिखन तथा ओसारपसार, नौ बहुविवाह, ६२ सवारी ज्यानसम्बन्धी घटना भएका छन् ।

आव २०७४/७५ मा २९४ सार्वजजनिक कसुरसम्बन्धी, नौ मानव बेचबिखन तथा ओसारपसार, १७ बहुविवाह, ६४ सवारी ज्यानसम्बन्धीका घटना रहेका छन् । यस्तै आव २०७५/७६ मा ३६६ सार्वजनिक कसुरसम्बन्धी, १७ मानव बेचबिखन तथा ओसारपसार, २३ बहुविवाह, ६१ सवारी ज्यानसम्बन्धीका घटना रहेको कैलाली प्रहरीले जनाएको छ ।

शृङ्खाबद्ध चोरीका घटना

केही वर्षयता कैलालीमा शृङ्खलाबद्धरूपमा चोरीका घटना बढेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ ।
प्रदेशको अस्थायी राजधानी धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । प्रदेश राजधानीमै फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढेको स्थानीयवासीको आरोप छ ।

गत वैशाखदेखि असारसम्म मात्रै कैलालीमा ६० चोरीका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आव २०७३/७४ मा १८ चोरीका घटना घटेकामा चार सवारी चोरी भएकामा आव २०७४/७५ मा २६ चोरीका घटना घटेका छन् ।

यस्तै आव २०७५/७६ मा ९६ चोरीका घटना घटेकामा सात सवारी चोरीका रहेका छन् । प्रहरी तथ्याङ्कलाई हेर्ने हो भने चोरीका घटना पनि वर्षेनी बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अञ्जन श्रेष्ठको हातमा महासंघको बागडोर: ‘स्वत: अध्यक्ष’ बन्ने विधानको अन्तिम अध्याय

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

सम्बन्धित

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

अध्यादेश र समसामयिक मुद्दामा संसद् तातिने संकेत

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com