ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ


एबीसी न्यूज
श्रावण २७, २०७६ सोमबार  २ : १३ बजे

काठमाडौँ, २७ साउन । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । विप्लव समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका टावरमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

आज बिहान विर्तामोड नगरपालिकाको सयुंक्त वडा कार्यालय ९७, ८ र ९०मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि विप्लव समूहले नै विष्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । वडा कार्यालयमा प्रेसरकुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

सम्बन्धित

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com