ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज मुस्लिम समुदायको महान् पर्व ‘बकर इद’, देशभरका मस्जिदमा मनाइँदै


एबीसी न्यूज

काठमाडौँ, २७ साउन । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा बकर इद नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ ।

बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौँको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज प्रार्थना गरेका छन् ।

इदगाहमा जम्मा भएका हजारौँ मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुसलमान अगुवा समसुद्दीन सिद्दिकीले जानकारी दिनुभयो ।

बकर इदको रमझम मुख्यगरी नेपालगञ्ज नगरमा देखिएको छ । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गरिएको छ । शहरी विकास मन्त्री राईले बकर इदको सम्पूर्ण देशवासीमा शुभकामनासमेत व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गर्नुभएको छ ।

बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुसलमान धर्मावलम्बीहरु पनि इदगाह पुगेका थिए । मुसलमान अगुवा सिद्दिकीका अनुसार तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी बलि दिनुपर्ने प्रमुख विशेषता रहेको छ । बकर इदमा इस्लाम धर्मावलम्बीका लागि हज र कुर्वानी अनिवार्य भएकाले मुसलमान समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com