ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको काममा गडबडी नगर्न सरकारी अधिकारीहरुलाई नेकपाका महासचिव पौडेलको चेतावनी(भिडियोसहित)


एबीसी न्यूज

बुटवल, २६ साउन । अचेल धेरै जसो राजनितीक दलका नेताहरु काठमाण्डौमा बस्ने गुट सिर्जना गर्ने, शिर्ष नेताका वरिपरी घुम्ने र राजनितीक लाभ लिन ब्यस्त देखिन्छन् । तर राजनितीक जोड घटाउ र गुटउपगुटको जन्जालबाट उम्केर एकजना कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल यतिबेला गृह जिल्लाका बिकास निर्माणसँग सरोकार राख्ने कर्मचारीलाई एकै ठांउमा भेला गरेर जनताको काममा गडबडी नगर्न सरकारी अधिकारीहरुलाई चेतावनी दिन व्यस्त छन् ।

बिष्णु पौडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव । पार्टी एकताको प्रक्रिया सुरु भएदेखि नै पौडेलको ब्यस्तता अरु नेताहरु भन्दा धेरै नै बढी देखिन्छ । फरक दुई धु्रवका नेताहरुका बिच सन्तुलित सम्बन्ध राख्दै फरक कोण र फरक नियतबाट आउने सबै खाले धारणाहरुलाई चिर्दै सन्तुलनमा बस्नु पर्ने बाध्यतामा देखिन्छन् महासचिव पौडेल । पार्टी एकताको प्रक्रियालाई अन्तीम बिन्दुमा नपु¥याउंदा सम्म पौडेलको कांढमाथि धेरै जिम्मेवारीहरु छन् भन्दा फरक पर्दैन ।

तर त्यति धेरै ब्यस्तताका बिचमा पनि पौडेललाई आफ्नो निर्वाचन क्षेत्रको साना देखि ठुला सबै समस्याहरु कण्ठ जस्तै छ । नेपालमा धेरै यस्ता नेताहरु पनि छन् जस्लाई निर्वाचन पछि बिरलै निर्बाचन क्षेत्रमा फर्केर आएको वा स्थानीय जनताको समस्याका बारेमा बोल्ने गरेको पाईन्छ । नेताहरुका बिचमा महासचिव पौडेलले भने बुधबार आफ्नो गृह जिल्लामा पुगेर एउटा नयां कामको थालनि गरेका छन् ।

पार्टी एकिकरण पछि अलि कम रुपन्देही झर्ने गरेका पौडेलले जनप्रतिनिधिका हैसियतले बुधबार रुपन्देहीका प्राय सबै सरकारी कार्यालयका प्रमुखहरुलाई एकै ठाउंमा भेला गराए र कार्यालयहरुको एक एक प्रगति बिवरण माग्दै सयौंको उपस्थितीका बिचमा कर्मचारीहरुलाई चेतावनी दिए । सुरुदेखि नै आक्रामकरुपमा प्रस्तुत भएका महासचिव पौडेलले जन सरोकारका सबै सरकारी कार्यालय प्रमुखहरुलाई बयान लिने ढंगबाटै प्रश्न गरेका थिए भने उनीहरुसंग लिखित र मौखिक बिवरण मागका थिए ।

दुईतिहाई बहुमत बोकेको सरकार चलाएको पार्टीका महासचिवको आमन्त्रण भएपनि कतिपय कार्यालयहरुले भने जुनियर लेबलका कर्मचारी पठाएर औपचारिकता पुरा गरेको पनि देखिएको थियो ।

पौडेलले प्रतिबेदन सहित उपस्थित भएका खानेपानी संस्थान बुटवलका प्रतिनिधीलाई चेतावनी दिंदै भने खानेपानी संस्थानलाई बुटवलको जनतालाई खानेपानीको ब्यवस्था गर्न अन्तिम अवसर दिएको बताउंदै उचित ब्यवस्था गर्न नसके बुटवलबाट संस्थानले हात झीक्न सुझाए ।काम गर्न नसक्ने अधिकारी कार्यालयमा कुर्चि ओगटेर बस्नुको कुनै अर्थ नरहेको भन्दै त्यस्ता कर्मचारी बुटवलबाट सरुवा भएर जान चेतावनी दिए ।

महासचिव पौडेलको खानेपानी संस्थान पछि अर्को आक्रोश थियो बनका अधिकारीहरुसंग । रुपन्ेहीमा सुरु भएका अधिकांस आयोजनाहरु बन मन्त्रालय अन्तर्गत बन बिभागले आईएई नगरिदिएका कारण रोकिएको सम्बन्धीत कार्यालयका प्रमुखहरुले गुनासो गरेपछि महासचिव पौडेलले कुन प्रयोजनका लागि बनले काम अड्काउंछ त्यो जनतालाई जवाफ दिनु पर्ने बताए ।

मोतिपुर औद्योगिक करिडोर, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, सिद्धबाबा सुरुङमार्ग, प्रस्ताबित बुटवल मेडिकल कलेज लगायतका कार्यालयहरुले बन बिभागले समयमा एआईई नगरिदिएकाले काममा ढिलाई भएको प्रतिबेदन प्रस्तुत गरेपछि पौडेलको निशानामा बनेका अधिकारी ईन्द्र पछाई परेका थिए ।

पौडेलले प्रश्न उठाएपछि बन कार्यालयका प्रमुख ईन्द्र पछाईले सबै प्रक्रिया पुरा गरेर फाईल प्राप्त भएका १ मिनट भित्र आईएईको काम सकिदिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

महासचिव पौडेललाई गुनासो गर्ने अर्का ब्यक्ति थिए प्रदेश सरकारका भौतीक योजना मन्त्री बैजनाथ चौधरी । भौतीक निर्माणमा बिद्युत, खानेपानी जस्ता कार्यालयहरुसंग समन्वय नहुंदा बिननियोजित बजेटमा काम नहुने गरेको चौधरीको भनाई थियो ।

बुटवल उपमहानगर पालिकाको सभाहलमा भेला भएका कार्यालय प्रमुख र स्थानीय तहका जन प्रतिनिधिलाई आश्वस्त पार्दै महासचिव पौडेलले रुपन्देहीको बिकासमा बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

पौडेलले सरकारको भवन डिभिजन कार्यालय नाला, कुलो र सानातिना घरको नक्सा बनाएर बस्ने बेला नभएको उल्लेख गर्दै सबै सुबिधाले सम्पन्न महानगरको नक्सा कोर्न भवन डिभिजन कार्यालयलाई निर्देशन दिए ।

बिष्णु पौडेल यतिबेला मन्त्री वा संबैधानीक अंगका अधिकारी होईनन् । प्रतिनिधिसभा सदस्यका हैसियतले आफ्नो निर्वाचन क्षेत्रमा आएर सिधै सरकारी अधिकारीहरुलाई उपस्थित गराएर चेतावनी दिईएको सम्भवत यो नै पहिलो घटना हुन सक्दछ । आफ्नो मतदाता प्रतिको लगाव पौडेलले जस्तै सबै जन प्रतिनिधीहरुले दाखाउन सके कति राम्रो नतिजा आउने थियो होला ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com