ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार तथा नेकपाका नेता शर्माको श्रृजना झरिको सौन्दर्य लोकार्पण (भिडियोसहित)


एबीसी न्यूज
श्रावण २५, २०७६ शनिबार  १२ : ३० बजे

काठमाडौं,  २५ साउन  ।   झरीको सौन्दर्य निबन्ध संग्रह शुक्रबार लोकार्पण भएको छ । पुस्तक लोकार्पण गर्दै वक्ताहरुले शर्माको पुस्तकले समसामयिक सामाजिक परिवेश, प्रकृति र पर्यटनलाई केन्द्रविन्दु बनाइ लेखिएको पुस्तकले समाज रुपान्तरणको निम्ति महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

साहित्यकार तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रिय सभाका दलका नेता दिनानाथ शर्माको कृति यात्रा, निबन्ध संग्रह– झरिको सौन्दर्य लोकार्पण भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, वाङमय शताब्दी पुरुप संस्कृतिविद सत्यमोहन जोशी, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेति लगायतको आतिथ्यतामा पुस्तक लोकार्पण भएको हो । साहित्यकार शर्माको यो सातौं कृति हो । यसभित्र २६ वटा निवन्धहरु संग्रह गरिएको छ । असअघि पनि शर्माका निवन्ध, तथा कविता संग्रह प्रकाशित भएका हुन । विक्रम सम्बत् २००३ साल साउन ४ गते बाग्लुङ जिल्लामा जन्मिएका शर्मा मुख्यतः राजनीतिमा सक्रिय हुनुहुन्छ ।

उनी हाल नेकपाको राष्ट्रिय सभामा दलको नेता छन् भने राजनीतिक जिवनमा विभिन्न शिर्ष तहको जिम्मेवारी सम्हालीसकेका छन् । वि.सं. २०६८ सालमा शिक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालीसकेका साहित्यकार तथा नेता शर्मा निरन्तर लेखनमा सक्रिय रहदै आएका छन् । कृति लोकार्पण गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्माको कृति दिनप्रतिदिन साहित्यिक सौन्दर्य चेत परिष्कृत भएर आउदै गरेको बताए । उनले राजनीतिक जिवनको व्यस्ततालाई चिर्दै साहित्य साधनामा तल्लिन शर्माको क्षमता र प्रतिभा बाट राजनीतिक जिवनमा लागेका अरुले पनि सिक्नुपर्ने बताए ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र निर्माणको निम्ति कवि हृदय हुनुपर्ने बताउँदै त्यो हृदय साहित्यकार शर्मामा पाएकोले खुशी व्यक्त गरे । कृतिमा राजनीतिक प्रभाव नपरेको भन्दै उनले साहित्य साधनाबाट आफ्नो छुट्टै साहित्यिक छवि बनाएको बताए ।

कृतिमाथि समिक्षा गर्दै प्राध्यापक डाक्टर देवी गौतमले थोरै ज्ञान, अनुभव र अनुभुतिले निबन्ध लेख्न नसकिने बताउँदै साहित्यकार शर्माले आफ्नो विशिष्ट अनुभुति समेटेर निबन्ध लेखेको बताए । कृतिमा देशभित्रको प्राकृतिक भुभाग, सार्क, युरोपियन मुलुकमा भएका नेपाली जनजिवन बारे उतारेर प्रकृति र पर्यटनलाई भरपुर वर्णन गरिएको उनको भनाइ छ । कर्मले विशिष्ट राजनीतिक व्यक्तित्व भएको भएपनि कृतिले राजनीतिक व्यक्तित्वलाई लुकाइ परिपक्व लेखक बनाएको प्रा.डा. गौतमले बताए ।

आफुले समसामयिक देशको राजनीतिक, सामाजिक, र अन्य पक्षलाई समेटेर कुति तयार गरिएको साहित्यकार दीनानाथ शर्मा बताउँछन् । साहित्यले समाज सुधारको निम्ति विशिष्ट भुमिका खेल्ने भएकोले साहित्य मार्फत समाज सुधारको प्रयत्न गरिएको उनको भनाइ छ ।

पछिल्लो समय नयाँ तथा पुराना पुस्तामा साहित्य चेत हराउँदै गएको छ । अध्ययन, अध्यापन र लेखन कर्म सुस्ताउँदो छ । त्यसमाथिपनि निबन्ध विधामा अलि कम नै कलम चलेको परिप्रेक्षमा राजनीतिक जिवनमा अत्यन्तै व्यस्त ७४ वर्षिय नेता शर्माबाट सबैले शिक्षा लिनुपर्छ । जो सँग साहित्यिक र भावनात्मक चेत हुँदैन ऊ असल राजनीतिज्ञ हुन सक्दैन । शर्माको साहित्यिक सक्रियता र समर्पणबाट उनको साहित्यिक छवि उचो त छदैँछ राजनीतिक व्यक्तित्वलाई पनि अझ उचाइमा पुराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com