ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा नगरमा लगानी सम्मेलन हुने ।


sharan sharan
श्रावण २४, २०७६ शुक्रबार   ६ : २२   बजे

बुटवल, २४ साउन ।
मुलुकका बिभिन्न स्थानीय निकायहरुले लगानी सम्मेलन गरिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि लगानी सम्मेलन गर्ने भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै तिलोत्तमा नगर पालिकाका प्रमुख बासुदेव घिमीरेले नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सम्मेलनको आयोजना गर्न लागिएको बताउनु भयो । नगरप्रमुख घिमिरेले आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउन सम्मेलन सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । नगरपालिकाले लगानी सम्मेलनबाट २ अर्ब लगानी भित्र्याउने लक्ष्य छ लिएको छ ।
सम्मेलनमा आयोजक सहित संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्ता समेत गरी ५ सय जनाको सहभागिता रहने जनाइएको छ ।
नगरपालिकाका अनुसार सम्मेलनका लागि करीब ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैंयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रिया समेत गरिनेछ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरनाहरूका साथै भारत, चीनबाट लगानीकर्ताहरू सहभागी हुनेछन् ।

तिलोत्तमा नगरपालिका २०७१ सालमा स्थापित नयाँ नगरपालिका हो । साविकका सात वटा गाविस शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया, टिकुलिगढ मिलेर बनेको तिलोत्तमा नगरपालिका तीव्र शहरीकरण भैरहेको क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group