ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा जापानिज भाषा अध्ययनका लागि ई -लर्निङ सेवा सञ्चालन


एबीसी न्यूज

काठमाडौँ , २४ साउन । नेपालमा जापानिज भाषा अध्ययनका लागि ई -लर्निङ सेवा सुरु भएको छ। बिहीबारदेखि जापानिज भाषा अध्ययनका लागि ई– लर्निङ सेवाको औपचारिक सम्झौता भएको हो।

जापानस्थित जापनिज इन्स्टिच्युट अफ कलचर एण्ड इकोनोमिक्स जेआइसिई का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिङकन इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले नेपालमा जापानिज भाषा अध्ययनका लागि ई–लर्निङ सेवाको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जेआइसिईका सिइओ नाकाता सुनिइचीले जापानमा अध्ययनका लागि तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरुको सहजताका लागि ई–लर्निङ सेवा सुरु गर्न लागिएको बताए। ‘जापानमा जाने नेपाली युवाहरु भाषा अध्ययन गरेर गए पनि कन्भरसेसन गर्न सक्दैनन्, कतिपय त भाषा पढेर गए पनि राम्रोसँग बुझ्न सक्दैनन्, त्यस्तो समस्या समाधानका लागि हामीले ई–लर्निङ सेवा सुचारु गर्न लागेका हौँ,’ उनले भने।

सिइओ सुनिइचीका अनुसार ई–लर्निङमार्फत अध्ययन गरेका विद्यार्थी तथा कामदारहरुले जापानमा सामान्य बोलिचालीको भाषा राम्रोसँग बुझ्न र बोल्न सक्दछन्। ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिने नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए।

नेपालमा सुरुवाती चरणमा इन्टरनेटको पहुँच भएका स्थानहरुमा ई–लर्निङ सेवा सुरु गरिने र नेपाल बाहिरका इन्टरनेटको पहुँच नभएका स्थानमा समेत इन्टरनेट पहुँच विस्तार गरी सेवा सुचारु गरिने ओझाको भनाइ छ।

के हो ई–लर्निङरु
इन्टरनेटका माध्यमबाट अध्ययन गर्न सकिने सेवा नै ई–लर्निङ सेवा हो। ई(लर्निङ सेवामार्फत एन फाइभ तहसम्मको जापानिज भाषा सिक्न सकिन्छ।

ई–लर्निङमार्फत आफू अनुकूल ठाउँमा इन्टरनेट पहुँच क्षेत्रमा बसेर अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ। आफ्नो मोबाईल, ल्यापटप तथा कम्प्युटरमार्फत ई–लर्निङ सेवा लिन सकिन्छ।

यो सेवामार्फत जापानिज भाषा सिक्न ४ महिनाको अध्ययन कोर्स राखिएको छ।

ई–लर्निङका लागि शुल्क कतिरु
ई–लर्निङ सेवामार्फत जापानिज भाषा अध्ययनका लागि एक व्यक्तिले एउटा ई–लर्निङ आइडी र पासवर्ड लिन सकिन्छ। सो आइडी र पासवर्ड लिएबापत १५ हजार रुपैयाँ शुल्क लाग्छ।

ई–लर्निङ सेवामार्फत जापानिज भाषा अध्ययनका लागि विभिन्न जापानिज भाषा प्रशिक्षण संस्थामार्फत सहकार्य गरी व्यक्तिहरुले आफ्नो आइडी लिन सक्ने व्यवस्था गरिने जेआइसिईका सिइओ नाकाता सुनिइचीले बताए।

एउटा आइडी एक पटकमा एउटा मात्रै मोबाइल, ल्यापटप वा कम्प्युटरमा लगइन गरेर प्रयोग गर्न सकिन्छ।

‘आफ्नो ई–लर्निङको आइडी एउटा मोबाइलमा लगइन छ र अब मोबाइलबाट नचलाएर कम्प्युटर, ल्यापटप वा अर्को मोबाइलमा लगइन गरेर अध्ययन गर्नुपर्यो भने पहिले लगइन भइरहेको डिभाइसबाट लगआउट गरेपछि मात्रै अन्य डिभाइसमा लगइन गर्न सकिन्छ,’ सुनिइचीले भने।

ई–लर्निङका फाइदा
अध्ययनका लागि होस् वा कामका लागि जापान नेपाली युवाहरुको गन्तव्य मुलुकका रुपमा रहँदै आएको छ।

अध्ययनका लागि विद्यार्थी भिसामा थुप्रै विद्यार्थी जापान जाने गरेका छन्। रोजगारीको खोजीमा पनि थुप्रै नेपाली युवाहरु जापान पुग्ने गर्दछन्। नेपालका विभिन्न इन्स्टिच्युटमार्फत अध्ययन गरेर जापान पुगेका नेपाली युवा राम्रोसँग भाषा बोल्न नसक्ने समस्या रहेको जापान इन्टरनेसनल को अपरेसन सेन्टरका सिइओ सुनिइचीको भनाइ छ।

ई(लर्निङमार्फत जापानिज भाषा अध्ययन गर्ने विद्यार्थीहरुले जापान पुगेर भाषा नबुझ्ने तथा बोल्न नसक्ने लगायतका समस्या झेल्नु नपर्ने उनीहरुको भनाइ छ।

‘अहिले नेपालबाट जापान जाने विद्यार्थीहरु जापानको ओसाका र टोकियो क्षेत्रमा धेरै समस्यामा छन्,’ सुनिइचीले भने, ‘नेपाली विद्यार्थी तथा कामदारहरु ई–लर्निङमार्फत भाषा अध्ययन गरेर जापान जाँदा त्यस्तो समस्या हुँदैन, जापानिज भाषामा दक्ष भएर अध्ययनका लागि तथा रोजगारीका लागि जापान जान सक्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com