ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसबाट राष्ट्रिय परिचय पत्र वितरण तत्काल स्थगित गर्न सरकारसँग माग


एबीसी न्यूज
श्रावण २४, २०७६ शुक्रबार  ४ : ०५ बजे

काठमाडौँ , २४ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भईरहेकै बेला सो परिचय पत्र विवरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गर्नु भएको हो । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भईरहेकै बेला सो परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको दावी गर्दै तत्काल स्थगित गर्न माग गर्नु भयो ।

उहाँले राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेको दावी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई सचेत गराउनु भयो । अर्र्बाैको बजेट खर्च गरेर सो परिचय पत्र छपाईको काम सरकारले सुरु गरेपनि सो सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेकाले त्यसबारे सरकारले स्पष्टिकरण दिनुपर्ने काँग्रेस सांसद बडुको भनाई छ ।

काँग्रेस सांसद अमरेशकुमार सिंहले कानुन विपरित राष्ट्रिय परिचय पत्र विवरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाउनु भयो । उहाँले कानुन नै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।

काँग्रेस सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो । उहाँले समितिमा बिचाराधिन नागरिकता विधेयक र राष्ट्रिय परिचय पत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com