ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्द्रा भुँडी बाहिर निस्केको सप्तरीका बालकको चिकित्सकले यसरी बचाए ज्यान


एबीसी न्यूज

 

सप्तरी , २४ साउन । बाँसको ठुटो पेटमा रोपिँदा आन्द्रा भुँडी निस्केर गम्भिर अवस्थामा उपचारका लागि ल्याइएका एक बालकको यहाँका चिकित्सकहरुले सफल शल्यक्रिया गरी ज्यान जोगाएका छन् ।

राजविराजनस्थित गजेन्द्र नारायण सिंह अस्पताले ६ इन्च बाँसको ठुटो पेटमा रोपिएर आन्द्रा भुँडी बाहिर निस्केको ८ वर्षिय बालकको सफल शल्यक्रिया भएपछि अहिले धन्यवादको पात्र बनेको छ । राजविराजस्थ्ति गजेन्द्र नारायण सिंह अस्पतालमा बिहीबार दिउँसो ४ बजेतिर आन्द्रा भुँडी निस्केको एक बालक उपचारका लागि आएका थिए ।

बाँसको ठुटो रोपिएर आन्द्रा, भुँडी बाहिर निस्केको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ८ वर्षीय बालक तफरेज आलमको सफल बाँसको ठुटो रोपिएर आन्द्रा, भुँडी बाहिर निस्केको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ८ वर्षीय बालक तफरेज आलमको सफल शल्यक्रिया गरी गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले ज्यान जोगाएका हुन् ।

वरिष्ट कन्सल्टेन्ट जेनरल सर्जन डा. राजिव मिश्रा, एनेशथेसिया विभागका प्रमुख डा. पारशमणी शाह, डा. शशांक यादव, डा. गोपाल यादव, एनेशथेसिया सहायक विपिन देवलगायतका चिकित्सक टोलीले सफल शल्यक्रिया गरि बालकको ज्यान जोगाएका सफल भएका छन् । डा. मिश्राका अनुसार, शल्यक्रियाका लागि चार घण्टाको समय लागेको थियो । उनी बिहीबार दिउँसो ३ बजेतिर शौचका लागि जान लाग्दा घरको छतबाट चिप्लिएर तल खस्दा बाँसको ठुटोमा परेपछि ठुटो पेटमा रोपिएको आलमका परिवारले जानकारी दिए ।

शल्यक्रिया सफल भई शुक्रबार बालक होसमा आएपछि आफन्तहरु पनि निर्कै खुशी भएका छन् । शल्यक्रिया सफल भएपछि घाइते बालकका आफन्तले खुशी व्यक्त गरेका छन् । ‘अप्रेशन सफल हुने हो की होइन्, भन्ने निकै डर थियो’ घाइते बालककी आमा सबनम खातुनले भनिन्, ‘डाक्टरहरुको प्रयास सफल भयो, ज्यान बच्यो, धेरै खुशी भएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com