ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाले सरकारी जग्गा रहेको कार्यालय माफी माग्दै तत्काल हटाउनुपर्छ– नेपाली कांग्रेस


एबीसी न्यूज
श्रावण २३, २०७६ बिहीबार  ६ : ५९ बजे

काठमाडौं, २३  साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारी जग्गा भोगचलन सम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको पार्टीको केन्द्रिय कार्यालय तत्काल हटाउन सत्तारुढ नेकपालाई आग्रह गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ केन्द्रिय कार्यालय जग्गाको भोगचलन सम्बन्धि नियम विपरित रहेकोमा आपत्ति जनाउँदै तत्काल धुम्बाराहीबाट हटाउन नेकपालाई आग्रह गर्नु भएको हो । नीति, नियम र नैतिकताको पाठ पढाउने राजनीतिक दलको केन्द्रिय कार्यालय नियम विपरित भएको ठाउँबाट संचालन भईरहेकोमा आफ्नो पार्टीलाई लज्जित र दुःखित बनाएको पनि प्रवक्ता शर्माको भनाई छ । प्रवक्ता शर्माले नेकपाले सो कार्यालय त्यहाँ संचालन गरेर गम्भिर गल्ती गरेको दावी गर्दै क्षमतायाचना गर्नुपर्ने तर्क पनि गर्नु भयो ।

काँग्रेस प्रवक्ता शर्माले नेकपाले पार्टीको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले नेकपाले छपाईका लागि पठाएको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणमा दृष्टिदोष मात्रै रहेको उल्लेख गर्दै आपत्ति जनाउनु भएको हो । लोकतन्त्रका लागिसँगै लडेको राजनीतिक दलले आफ्नो दलप्रति त्यसरी दृष्टिकोणको नाममा दृष्टिदोष राखेको देखेर आफूलाई दया लागेको प्रवक्ता शर्माको प्रारम्भिक टिप्पणी छ ।

प्रवक्ता शर्माले नेकपाले आफ्नो पार्टीलाई हेर्ने दृष्टिकोणबारे पार्टीको केन्द्रिय कार्य समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खल्तीबाट अध्यादेश

सरकार सुकुम्बासी व्यवस्थापन गर्दैछ ः रास्वपा सांसद, चौधरी, भिडियो

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com