ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइन पुग्छ – मन्त्री पुन


एबीसी न्यूज
श्रावण २३, २०७६ बिहीबार  ३ : ५४ बजे

काठमाडौं, २३  साउन । सरकारले आगामी दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने भएको छ ।

केन्द्रीय प्रसारण लाइनको अभावमा जुम्लामा हाल सञ्चालनमा रहेको एक लघु जलविद्युत् आयोजना बन्द भएका कारण स्थानीयवासी प्रभावित भएका छन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा विद्युत् सेवा नभएका कारण जनजीवन प्रभावित भएको भन्दै यही साउन २१ गते मङ्गलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

जनप्रतिनिधिले उठाएको प्रश्नको आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जुम्लामा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पु¥याउने प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिनुभयो ।

सङ्घीय संसद्मा जनप्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिँदैनन् भन्ने गुनासो पनि यदाकदा सुनिने गरिन्छ तर, मन्त्री पुनले सांसद महतले उठाउनुभएको प्रश्नलाई नै केन्द्रमा राखेर आज सदनमा जवाफ दिनुभयो । मन्त्री पुनले भन्नुभयो, “सदनमा उठेका विषयलाई सम्बोधन गर्ने सरकारको दायित्व हो ।” उहाँले भन्नुभयो, “जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत्् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको छ ।”

संसद्को शून्य तथा विशेष समयमा उठेका प्रश्न र चासोलाई सम्बोधन गर्ने प्रयास शुरु भएको भन्दै सांसदहरुले मन्त्री पुनको प्रशंसासमेत गरेका थिए । प्राधिकरणले जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र सार्वजनिक गरी ठेक्का सम्झौता गरिसकेको छ । सांसद महतले जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र प्राधिकरणले विद्युत्् बिक्रीका लागि प्रयास नगरेको बताउनुभएको थियो ।

जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको जानकारी दिँदै मन्त्री पुनले सुर्खेतबाट ८१ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताउनुभयो । ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पु¥याएको र आगामी दुई वर्षभित्र राष्ट्रिय ग्रीड पु¥याउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ ।

राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायीरुपमा कालीगण्डकी जलविद्युत् आयोजनाको ३०० केभीए क्षमताको डिजेल जेनेरेटर जुम्ला लैजान आवश्यक प्रक्रिया शुरु गरिएको मन्त्री पुनको भनाइ छ ।

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत् स्थानीय उपभोक्ता समितिले भाडामा लिएर चलाएको र मर्मतसम्भारको काम भइरहेको यसअघि नै सार्वजनिक गरिसक्नुभएको छ ।

सो लघु जलविद्युत् आयोजनाको मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहको छ । उपभोक्ता समितिलाई तत्काल मर्मतसम्भार गर्न आवश्यक सहजीकरण गरिएको मन्त्री पुनले जानकारी दिनुभयो । कूल २४० किलोवाट क्षमताको सो आयोजनामा समस्या आउँदा जुम्लामा विद्युत् प्रवाहमा समस्या आएको छ ।

यस्तै मन्त्री पुनले कर्णाली र सुदूरपश्चिममा विद्युतीकरणका लागि बजेटको व्यवस्था गरिएको बताउनुभयो । करीब चार हजार मेगावाट क्षमताका आयोजना निर्माणमा रहेका कारण देशभित्र उल्लेख्य मात्रामा विद्युत् सेवा उपलब्ध गराउने र बढी भएको विद्युत् मात्रै निर्यात गर्ने सरकारको तयारी छ ।

यस्तै बाढी पहिरोपीडित जिल्लाको तत्कालका लागि राहत र उद्धारका लागि दुई चरणमा गरी रु १५ करोड बजेट विनियोजन गरिएको उहाँले सदनलाई जानकारी गराउनुभयो । बाढी पहिरोबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका संरचनामा करीब रु दुई अर्ब २२ करोड बराबरको क्षति भएको प्रारम्भिक जानकारी आएको उल्लेख गर्नुभयो ।

जलवायु परिवर्तनका कारण मनसुनको समयमा कतै अतिवृत्ति तथा कुनै स्थानमा कम पानी परेको जानकारी प्राप्त भएको उहाँले सदनलाई जानकारी दिनुभयो । जल तथा मौसम विभागका अनुसार समग्रमा विगतका वर्षहरुमा भन्दा यस वर्ष कम पानी परेको छ ।

यस्तै उहाँले देशभर नै काठको पोल विस्थापन गर्ने गरी मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री पुनलाई सांसदहरु दिलेन्द्रप्रसाद बडू, डिला सङ्ग्रौला, प्रेम सुवाल, राजन केसी, जनार्दन शर्मा, देवेन्द्रराज कँडेल, कृष्णगोपाल श्रेष्ठ, अमृता थापामगर, बालकृष्ण खाँड, बोधमाया यादव, जुलीकुमारी महत्तो, प्रभु साह, हितबहादुर तामाङलगायतले पूरक प्रश्न गर्नुभयो । उहाँहरुले विद्युत् सेवा नपुगेका स्थानमा तत्काल पु¥याउन बाढी र पहिरोका कारण समस्यामा परेका जनतालाई राहत दिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खल्तीबाट अध्यादेश

सरकार सुकुम्बासी व्यवस्थापन गर्दैछ ः रास्वपा सांसद, चौधरी, भिडियो

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com