विश्व महिला नेतृ बन्न सफल र नेपालले सधैंभर सम्झने स्वराज

स्वराजको संस्कृत, हिन्दी र अंग्रेजी भाषामा राम्रो दख्खल र धाराप्रवाह भाषण कलाको विश्वले नै प्रशंशा गर्दथ्यो



काठमाडौं — भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ न नेतृ सुष्मा स्वराज (कौसल) को मगंलबार साँझ हृदयघातका कारण निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार साँझ करिब एघार बजे हृदयाघातका कारण निधन भएको भारतीय ससप्रधानमन्त्री कार्यालयले जनाएको छ । उनको जन्म १४ फ्रेवुअरी १९५२ मा भएको थियो । मंगलबार राति हृदयघात भएपछि करिब दश बजे उनलाई दिल्लीको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा भर्ना गरिएको थियो ।

आकस्मिक विभागका चिकित्सकहरुले कार्डियोपल्मोनरी रिससिटेसन’ (स्वासप्रस्वास प्रक्रियालाई सुचारु गराउन छाति थिच्ने लगायतका प्रक्रिया) लगायतका विभिन्न प्रयास गर्दा पनि सफल हुन नससकेको बताएका छन्

भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ पति स्वराज कौशलका साथ जन्तरमन्तर रोडस्थित निवासमा बस्दै आएकी थिइन्। उनकी एक छोरी छिन्। सन् २०१६ मा उनको मिर्गौलामा समस्या देखिए पछि एम्समै प्रत्यारोपण समेत गरिएको थियो।

स्वराजको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दल कंग्रेसका नेता ससोनिया गान्धी र राहुल गान्धीलगायतले सस्वराज निवासमै पुगेर श्रद्धान्जली प्रकट गरेका छन् । ‘सस्वराजको निधनप्रति भातरीय राष्ट्रपति रामनाथ कोविन्दले भनेका छन् – श्रीमती सुष्मा स्वराजको निधनले अत्यन्त दुःख लागेको छ। देशले एक अत्यन्त आफ्नी प्यारी छोरी गुमाएको छ। सुष्माजी सार्वजनिक जीवनमा गरिमा, साहस र निष्ठाकी प्रतिमूर्ति हुनुहुन्थ्यो। जनताको सहयोगका लागि हमेशा तत्पर रहनुहुन्थ्यो। उनको सेवाभावका लागि सबै भारतीयले उहाँलाई सदैव स्मरण गरिरहनेछन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि सुष्माको निधनले भारतीय राजनीतिको एउटा यशस्वी अध्यायको अन्त्य भएको जनाएका छन्। ‘स्वराज भारतकै इतिहासमा स२५ वर्षको उमेरमा हरियाणा राज्यको मन्त्री बनेकी थिइन । सार्वजनिक सेवा र गरीबको जीवनस्तर सुधारका लागि जीवन समर्पण गर्ने एकजना महान नेताको निधनमा पुरै भारत शोकमग्न छ। उहाँ करोडौंका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो,’ मोदीले आफ्नो ट्विटमा उल्लेख गरेका छन् ।

भारतीय राजनीतिमा स्वराजको परिचय प्रखर वक्ता र निष्ठावान राजनीतिज्ञको थियो। अघिल्लो मोदी सरकारमा उनी विदेशमन्त्री थिइन्। उनी इन्दिरा गान्धीपछि विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुन्। सन् १९५३ मा हरियाणाको अम्बालामा जन्मिएकी स्वराजलाई उनको पार्टी भाजपाभित्र भारत माताका रुपमा प्रचार गर्न थालिएको थियो । ससन् २०१४ को निर्वाचनमा स्वराज प्रधानमन्त्री बन्न चाहन्थिन् । तर अन्तिममा तत्कालीन पार्टी अध्यक्ष राजनाथ सिंहले मोदीलाई साथ दिएपछि उनी स्वतव्ध भएकी थिइन ।

स्वराजको राजनीति भन्दा पहिल वकालत गर्थिन । उनले केही वर्ष भारतको सर्वोच्च अदालतमा वकालत पनि गरिन्। संस्कृत र राजनीति शास्त्रमा स्नातक र पछि पन्जाब विश्वविद्यालयबाट कानुन अध्ययन गरेकी स्वराज पिता हरदेव शर्माको प्रेरणाले राजनीतिमा लागिन्।

१९७५ मा इन्दिरा गान्धीले संकटकाल लगाएपछि भने सुष्माको सक्रिय राजनीतिक यात्रा शुरु भयो। त्यही बेला उनको स्वराज कौशलसंग विवाह भएको थियो । संकटकालको विरुद्धमा समाजवादी नेता जयप्रकाश नारायणले चलाएको सम्पूर्ण क्रान्तिमा उनी पतिका साथमा सक्रियतापूवर्क सहभागी भइन्। संकटकाल अन्त्य भएको केही समय पछि भने उनी भारतीय जनता पार्टीमा आवद्ध भइन्। सन् १९७७ मा पहिलो हरियाणा विधानसभाका लागि चुनिएकी स्वराजले त्यसपछि थप दुईपटक सम्म विधायक चुनिइन्। १९७९ मा मात्र २७ वर्षको उमेरमै स्वराज हरियाणाको पार्टी प्रमुख बन्न सफल भइन्। उनका श्रीमान स्वराज कौशल स१९९० देखि १९९३ सम्म मिजोरमको गर्भनर समेत भएका थिए । स्वराज सक्रिय राजनीतिमा लागेपछि श्रीमान कौशल भने लो प्रोफाइलमा बससेर श्रीमतिलाई सघाइरहे । उनकी एकजना छोरी मात्र छिन् ।

स्वराज सन् १९९६ मा पहिलो पटक दक्षिण दिल्ली सिटबाट लोकसभामा निर्वाचित भइन्। त्यसपछि अटल बिहारी बाजपेयीको १३ दिने सरकारमा पनि उनी सुचना तथा प्रसारण मन्त्री बनिन्। त्यसको दुई वर्ष नबित्दै भएको लोकसभा चुनाव जितेर मन्त्री बन्ने अवसर पाइन्। सन् १९९८ मा छोटो समयका लागि भए पनि दिल्ली राज्यको पहिलो महिला मुख्यमन्त्री बन्ने मौका पनि स्वराजलाई नै प्राप्त भएको थियो। तर स्वराज भारतको केन्द्रीय राजनीतिमा क्रियाशील रहिन् ।

Minister for External Affairs Sushma Sawraj addresses the media persons at the Annual Press Conference in New Delhi, on Sunday, June 19, 2016. Photo Courtesy: MEA India

सन् १९९९ को लोकसभा चुनावमा सोनिया गान्धीसँग झिनो मतान्तरले पराजित भएकी स्वराज केही महिनापछि राज्यसभा निर्वाचित भइन् र, उनलाई पुनः सूचना तथा प्रसारण मन्त्रालयको जिम्मेवारी लिइन । सन् २००६ मा पुनः राज्यसभामा चुनिइन्। सन् २००९ को लोकसभा चुनावमा निर्वाचित भए पछि उनी प्रमुख प्रतिपक्ष दलको नेता बनिन् । त्यहीबेलादेखि स्वराजलाई कुनै पनि बेला भारतलको प्रधानमन्त्रीका रुपमा हेरिन थालिएको थियो ।

सन् २०१४ मा बनेको मोदी सरकारमा भने उनलाई विदेश मन्त्रालयको जिम्मेवारी चित्त बुझाउनु पर्यो । विश्व राजनीतिमा भारतको भूमिका बढाउन विदेशमन्त्रीको रुपमा उनको भूमिका महत्वपूर्ण रहेको भारतीय राजनीतिज्ञहरुले दावी गर्दछन् ।
तर नेपालका सन्दर्भमा भने स्वारजा विदेशमन्त्री रहेकै बेला नेपालले नाकावन्दी सहनु पर्यो । त्यससोत प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाभित हुनु पहिले नै स्वराज काठमडौं आएर ओलीलाई अग्रीम बधाई दिएको घटना निकै चर्चित भएको थियो ।

मंगलबार साँझ साढे सात बजे मात्र उनले भारतको लोकसभाले जम्मुकश्मिरलाई विशेष राज्य दिने संविधानको अनुच्छेद ३७० खारेज गर्ने प्रस्ताव पारित गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई र धन्यवाद दिएकी थिइन्। ‘प्रधानमन्त्रीजी, तपाईलाई हार्दिक अभिनन्दन गर्छु। म आफ्नो जीवनमा यस दिनका लागि प्रतीक्षारत थिएँ’ उनले ट्विटमा भनेकी थिइन्। तर, त्यसको केही घन्टा नबित्दै ट्विटरमार्फत् नै उनको असायमिक निधनको खबर सार्वजनिक भयो।

नेपालको राजनीतिसँग पनि सुष्मा राम्रैसँग परिचित थिइन्। उनी पछिल्लो पटक अघिल्लो वर्ष असोजमा १५ औं बिमस्टेक शीर्ष सम्मेलनका बेला काठमाडौं गएकी थिइन्।

यसैबीच सुष्माको निधन प्रति उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समवेदना प्रकट गर्दै सस्वराजले आफूलाई भाइजी भन्दै सम्मान गरेको स्मरण गरेका छन् । ‘भारतकी वरिष्ठ राजनीतिज्ञ तथा पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधनको खबरले अत्यन्त मर्माहत छु,’ ओलीले ट्वीट गर्दे भनेका छन्।

स्वराजको संस्कृत, हिन्दी र अंग्रेजी भाषामा राम्रो दख्खल र धाराप्रवाह भाषण कलाको विश्वले नै प्रशंसशा गर्दथ्यो । मृगौला ट्रान्सपलान्ट गरेपछि भने स२०१९ को निर्वाचन नलड्न निर्णय गरेकी थिइन ।

    Comment Here!


सम्बन्धित समाचार

View All