
काठमाडौं, २२ साउन । तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ।
संसदीय समितिले उक्त दरबारको महत्वपूर्ण दस्तावेजहरुमा चासो देखाएको हो । राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो।

यसै अभियान अन्तरगत समितिले सरकारलाई दस्तावेज र त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन।मंगलबार समितिको बैठकमा उपस्थिति भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए/नआएको एकीन नभएको जवाफ दिनसभयो । उहँले उक्त दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका समेत ब्यक्त गर्नु भयो । ‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ यता आएकी आएनन् एकीनका साथ भन्न सकिने अवस्था छैन, के के दस्तावेज थिए भन्ने जानकारी भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ । सबै हस्तान्तरण नभएको बुझेका छौ, पूर्व ज्ञानेन्द्र राजा शाहसँगै गयो कि ? मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गर्नु भयो, ‘नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकि छ वा कुनै ढंगले नष्ट भयो ? त्यसको बारेमा एकीन ढंगले भन्न सकिने अवस्था छैन।’
बैठकमा समितिका सभापति रामनारायण बिडारीले सुगौली सन्धियताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तराष्ट्रिय सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएपनि जवाफ नआएको बताउनु भयो ।
समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन भनि मन्त्री ज्ञवालीलाई प्रश्न गर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्