ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेरोजगारी अन्त्यका लागि उत्पादनमा जोड दिऔँ– पौडेल


एबीसी न्यूज

 

काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहँुको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो ।

गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सकिए आम्दानी हुने र युवाहरु विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “युवाहरुलाई गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिए काम खोज्दै विदेश जानुपर्दैन, त्यसका लागि उत्पादन वृद्धिमा जोड दिनु अहिलेको प्रमुख आवश्यकता हो ।”

वरिष्ठ नेता पौडेलले कृषि, जलस्रोत र पर्यटनमार्फत् देशलाई समृद्ध बनाउन सकिने भएकाले तीन तहका सरकारले नै यो क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्रान्तिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीहरुलाई सुधार्ने जिम्मेवारी जनताको पनि रहेको उल्लेख गर्नुभयो । पार्टी सुधार गर्न नेतृत्व सुध्रनुपर्ने भन्दै उहाँले लोकतन्त्रमा व्यक्ति नभई जनता बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै उहाँले सरकारको कार्यशैली सच्चिनुपर्ने बताउनुभयो ।

कार्यक्रममासांसद केदार सिग्देल, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले समृद्ध गाउँपालिका बनाउन सबै राजनीतिक पार्टीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष माया रानाले आर्थिक वर्ष ०७६÷७७ का लागि पारित बजेट सार्वजनिक गर्नुभएको थियो । गाउँपालिकाले चालु आवका लागि रु ४८ करोड १३ लाख ७७ हजारको बजेट पारित गरेको छ । कूल बजेटमध्ये चालूतर्फ रु २५ करोड ९४ लाख ३४ हजार र पूँजीगततर्फ रु २२ करोड १९ लाख ४३ हजार विनियोजन गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।

गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत सातवटै महत्वपूर्ण सडकको सञ्जाल बनाई कालोपत्रे शुरुवात गर्ने, कृषिमा आत्मनिर्भर बनाउन कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्ने, एकीकृत पर्यटन विकास कार्यक्रम तय गरी पर्यटनका पूर्वाधारहरु निर्माण गर्ने, स्वच्छ खानेपानीको अभावलाई न्यूनीकरण गर्नेलगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com