ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौतीस जिल्लाका ४७ जनप्रतिनिधि रिक्त


एबीसी न्यूज

 

काठमाडौँ, २१ साउन । बिभिन्न ३४ जिल्लाका ४२ स्थानीय तहका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रमुखसहित चार गाउँपालिकाका प्रमुख/उपाध्यक्ष रिक्त रहेका छन् ।

उहाँका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खङ्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, फागुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ निधन भएका कारण रिक्त रहेको छ ।

रिक्त पदाधिकारी हुनेमा धेरैजसो निधन र जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् । रिक्त हुनेमा सबैभन्दा बढी महोत्तरीमा चार पदाधिकारी, प्यूठान, पाँचथर र बैतडीमा तीन/तीन पदाधिकारी रिक्त छन् । महोत्तरीको बेलवा नगरपालिका दुई पदाधिकारी, मटिहानी नगरपालिका र पिपरा गाउँपालिका एक/एक पदाधिकारी रिक्त रहेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिका वडाध्यक्ष रिक्त रहेका छन् । पाँचधरको फिदिम नगरपालिका, फागुनन्द गाउँपालिका, हिलिहाड गाउँपालिकामा एक/एक रिक्त छ । प्यूठानको ऐरावती गाउँपालिका वडा नं १ र २ सहित प्यूठान नगरपालिकामा एक जना वडाध्यक्ष रिक्त रहेका छन् । यस्तै चितवनको खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५, सङ्खुवासभाको खाँदबारी नगरपालिका र मकालु गाउँपालिकामा पनि वडाध्यक्ष रिक्त रहेका छन् ।

निर्वाचन आयोगले रिक्त रहेका सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारीको निर्वाचन आगामी मङ्सिर १४ गते निर्वाचन गर्ने तयारी गरेको छ । सङ्घमा कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त रहेको छ । यसैगरी प्रदेश सदस्य निधन भएका बागलुङ निर्वाचन क्षेत्र २ ९२०, भक्तपुर निर्वाचन क्षेत्र १ को ९१० र दाङ निर्वाचन क्षेत्र ३ को ९२० मा समेत निर्वाचन गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com