सुनको भाउले मंगलबार पनि नयाँ कीर्तिमान बनायो



 

काठमाडौँ, २१ साउन । सुनको भाउ आज तोलामा २ सय रुपैया“ बढेको छ ।

सुनको भाउ आजका लागि तोलाको ६८ हजार रुपैया“ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सुन सोमबार एकैदिन तोलामा १५ सय रुपैया“ बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । गएको आइतबारदेखि नै उकालो लागेको सुनको भाउले मंगलबार पनि नया“ कीर्तिमान बनाएको हो ।

शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैया“ कायम भएको सुनको भाउ त्यसयता बढ्दै नयाँ किर्तिमान बनाइरहेको छ । अमेरिका र चीनबिच व्यापारिक तनाव बढ्नुका साथै जम्मू कश्मिर विवादका कारण अन्तर्राष्ट्रिय बजारमा सुन महंगो भएको महासंघले जनाएको छ । यसकै असरले नेपालमा पनि सुनको भाउ अकासिएको हो । चा“दीको भाउ भने मंगलबार घटबढ भएको छैन । चा“दी मंगलबार पनि तोलाको ७ सय ९५ रुपैया“मा कारोबार भैहरेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All