ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो कर आफै तोक्ने करदाता नै प्रमुख कर अधिकृत !


sharan sharan

बुटवल, २० साउन ।
नेपालको कर नितीले करदाता स्वयंलाई प्रथम कर अधिकृत तोकेको सरोकारवालाहरुले बताएका छन् ।
रुपन्देही ब्यापारसंघले आज बुटवलमा आयोजना गरेको एक अन्तरक्रियामा बोलने बक्ताहरुले करदाताले आफ्नो कर आफै निर्धारण गर्ने अधिकार भएकाले करदाता आफैमा कर अधिकृत भएको बताए । उनीहरुले राज्यले कर ब्यवसायीलाई दुःख दिनका लागि नभै ब्यवसायलाई पारदर्शी र परिणाम मुखी बनाउन लगाउने गरेको तर्क गरे । भिसिटीएसले ब्यवसायको पारदर्शीता कायम हुने, मुल्य अभिबृद्दी करले करदातालाई स्वयं कर अधिकृत बनाउने, सामाजीक सुरक्षा कोषले श्रमीक र उद्योगी ब्यवसायीका बिच बिश्वासको आधार खडा गर्ने तथा बाणिज्य नितीले राज्यको समृद्दीमा ब्यवसायीको भुमिका प्रत्याभुत गर्ने बताए । कार्यक्रममा सहभागि ब्यवसायीहरुले भने राज्यले बिना तयारी भिसिटीएस र सामाजिक सुरक्षा कोषको निती ल्याएर ब्यवसायीहरुलाई अप्ठ्यारोमा पारेको गुनासो गरेका थिए ।
अन्तरक्रियामा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजश्व अनुसन्धान अधिकृत बिजय रानाले भिसिटीएसका बिषयमा, श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख अनन्तराज मरासिनीले सामाजीक सुरक्षा कोषका बिषयमा, बाणिज्य कार्यालयका कार्यालय प्रमुख रुद्र ज्ञवालीले बाणिज्य नितीका बिषयमा तथा आन्तररिक राजश्व कार्यालय बुटवलका कर अधिकृत पबित्रा बन्जाडेले मुल्य अभिबृद्दीकरका बिषयमा राज्यको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले ब्यवसायीहरु राज्यको कर नितीको बिरुद्ध नरहे पनि राज्यले कर निती बनाउंदा बस्तुगत परिस्थितीको मुल्यांकन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा ब्यापारसंघ अन्तरर्गतका रुपन्देहीका १ सय बढी उद्योगी ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com