ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको जीवनरेखा कोर्ने हुटहुटीमा कर्णाली सरकार


एबीसी न्यूज
श्रावण २०, २०७६ सोमबार  १ : ४५ बजे

काठमाडौँ,  २० साउन  । कर्णाली प्रदेश सरकार विकासको तिर्खाले ब्याकुल छ । आर्थिक तथा मानवीय स्रोतसाधनको अपर्याप्तताभित्र पनि प्रदेश सरकारले गरेको विकासबाट सङ्घीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो लोकप्रिय नाराको लक्ष्य पूरा गर्ने उद्देश्य राखेको छ ।
विकासको प्यास मेटाउने सोचलाई सार्थक विन्दुमा पु¥याउन कर्णाली सरकारले पूर्वाधार विकास निर्माणको योजनालाई प्राथमिकतामा राखेको छ । ‘कनेक्टिभिटी र इलेक्ट्रीसिटी’ले मात्र यहाँका नागरिकको समग्र विकासमा सहयोग पुग्ने ठहर गरी गत आव २०७५/७६ को नीति तथा कार्यक्रममै जोड दिएको प्रदेश सरकारले चालू आव २०७६/७७ मा त्यसलाई निरन्तरता दिने नीति लिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउँदै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “सरकारले सडक र विद्युत्लाई प्रदेश गौरवका आयोजनाका रुपमा निर्माण गर्ने योजना लिएको छ भने ‘खाना, नाना र छानालाई आधारभूत आवश्यकता पूरा गर्ने हेतुले चालू आवमा बजेट तथा कार्यक्रम ल्याएको छ ।” मुख्यमन्त्री शाहीका अनुसार परम्परागत विकास गर्ने संस्कृतिलाई चिरेर रुपान्तरित विकास मोडेलबाट अघि बढ्न कर्णाली सरकारले इञ्जिनीयरिङ कम्पनी स्थापनाको कार्य अघि बढाइसकेको छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको मजबुत विकास गर्ने नीति सरकारले लिएको छ । मुलतः प्राकृतिक विपद् र गरीबीका कारण यहाँका नागरिकको दैनिकीमासमेत समस्या हुँदा त्यसको समाधानका लागि सरकारले चालु आवमा ‘खाना, नाना र छाना’मा जोड दिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राससलाई जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै योजनामन्त्री ज्वालाले भन्नुभयो, “विकट भूगोल, गरीबी, साक्षरताको कमि, मानव सूचाङ्कमा कमजोर प्रदेश भएर होला मुलुकका अन्य प्रदेशभन्दा विकासमापछि परेको छ, कर्णाली । यसर्थ सिङ्गोमुलुक विकासको लागि कर्णाली प्रदेश र यहाँका नागरिकको प्रगतिको जीवनरेखा मानिएको सुर्खेत–हिल्सा द्रुतमार्ग निर्माणको कार्यमा सङ्घीय सरकारले ढिला गर्नुहुन्न ।”

विकासको जीवनरेखा कोर्नेयात्रा शुरु गर्ने योजनामा सहयोग पु¥याउन आग्रह गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, प्रदेशसभा सदस्य धर्मराज रेग्मी सम्मिलित प्रदेश सरकारको टोलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभयो ।

योजनामन्त्री ज्वालाले राष्ट्रपति भण्डारीसँगको भेटवार्ता निकै सकरात्मक र औचित्यपूर्ण सावित भएको दाबी गर्नुभयो । राष्ट्रपति भण्डारीको भनाइलाई उद्धृत गर्दै योजनामन्त्री ज्वालाले भन्नुभयो, “पर्यटकीय तथा व्यापारिक महत्व राख्ने राष्ट्रिय गौरवको योजना निर्माणमा आफूले सहयोग गर्न छिट्टै कर्णालीको भ्रमण तय गर्ने राष्ट्रपति भण्डारीले बताउनुभएको छ । आशा छ, प्रदेश सरकारको पहलले रणनीतिक महत्वको त्रिदेशीय द्रुतमार्गको निर्माण कार्य थालनी हुनेछ ।” अर्थमन्त्री डा युवराज खतिवडासँगको भेटवार्ताले पनि द्रुतमार्ग निर्माण हुनेमा आशावादी बनाएको उहाँको भनाइ छ ।

उक्त द्रुतमार्ग निर्माणार्थ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दश शर्मा ९प्रभाकर०सहित सङ्घीय सांसद, चाइना रेलवे इञ्जिनीयरिङ ईरशयुवान कम्पनी ९क्रीस०को प्रतिनिधि मण्डल, सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच प्रदेश सरकारले आज काठमाडौँमा वृहत छलफल सम्पन्न गरेको थियो ।

गतवर्ष असोज ३ गते चीन भ्रमणमा जानुभएका मुख्यमन्त्री शाहीले सो क्रममा कर्णाली प्रदेशको लाइफलाइन मानिने हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाइना रेलवे इञ्जिनीयरिङ ईर्युवान कम्पनी क्रीससँग प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेर फर्कनुभएको थियो ।

त्यसको लगत्तै सो कम्पनीको प्राविधिक टोलीले कात्तिक २७ गते हिल्सा–जमुनाहा द्रुतमार्गको हवाईमार्गबाट सिमिकोट, चङ्खेली हुम्ला, सिञ्जा जुम्ला, गमगढी मुगु, कालीकोट महावु, दैलेखको रानीमत्ता लेकबाट सुर्खेत जोड्ने द्रुतमार्गको सम्भावित दूरी सर्वेगरी २८ गते स्थलगत सम्भाव्यता अध्ययनको कार्य शुरु गरेको थियो ।

स्थलगत सम्भाव्यता अध्ययनको क्रममा चिनियाँ प्राविधिक टोलीले तत्कालीन रेशमी मार्ग, कर्णाली करिडर कालीकोटको खुलालु–हिल्सासम्मको २८१ किलोमिटर दूरीको सडकसमेत अध्ययन गरेको थियो । यही साउन १७ गते उक्त कम्पनीले कर्णाली प्रदेश सरकारलाई बुझाएको द्रुतमार्ग सम्भाव्यता अध्ययन प्रतिवेदनमाथिको छलफलले द्रुतमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग यथासम्भव पहल गर्ने निधो गरेको थियो ।

योजनामन्त्री ज्वालाका अनुसार प्रतिवेदनमा उल्लेखित ४०३ किलोमिटर दूरीको उक्त द्रुतमार्ग निर्माण गर्न रु ६४ अर्ब बजेट लाग्नेछ । कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको यो मार्ग चाइनीज कम्पनी क्रीसले आफ्नै खर्चमा कार्य थालनी गरेको छ महीनाभित्र सम्भाव्यता अध्ययनकार्य सम्पन्न गरेको थियो ।

प्रदेश सरकारले बर्दिया भूरीगाउँ – तेलपानी हुँदै सुर्खेत जोड्ने ५२ किलोमिटरको द्रुतमार्ग निर्माणमा पनि जोड दिँदै आएको छ । विशेषगरी प्रदेश विकासको जीवनरेखा कोर्ने हुटहुटी मेटाउन कर्णाली सरकारले सुर्खेत – हिल्सा – जमुनाहा द्रुतमार्ग निर्माणार्थ डेढवर्षदेखि सङ्घीय सरकारसँग सघन पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

‘सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर’– पूर्वराजदूत

सम्बन्धित

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com